gulminews logo
शनिबार, २०८१ बैशाख २९

मनकारी मदनलाल जो परदेशमै ४० बर्ष बिताए पनी गाउँकै दलित बस्तिमा शिक्षा पुर्याउन निरन्तर लागिरहेका छन्

टोपलाल अर्याल
गुल्मी, २४ चैत्र । झमादी गाउँ । रुरु गाउँपालिका ३ थानपतिको दलित वस्ती हो । त्यहाँ करिव ७० घरपरिवार दलित समुदाय बसोबास गर्छन । उनीहरु आर्थिक, सामाजिक तथा चेतनाको हिसावले पछाडी छन् । त्यहि गाउँमा जन्मिएका थिए । मदनलाल बस्याल । उनी प्रेम र बिष्णुदेवि नेपालीका छोरा हुन । तत्कालि समयमा गाउँमा बिद्यालय थिएनन् । हिँडेर धेरै टाढाको स्कुल पुग्नु पथ्र्यो । ‘एक डेढ घण्टा हिडेर स्कुल जानुपर्ने, कहिले गइएन कहिले खोलाबाटै फर्कियो,’ उनले भने, ‘बाध्यताले पढ्ने सपना पुरा भएन ।’

मदनलालले परदेशमै ४० बर्ष बिताए । त्यस मध्ये १५ बर्ष भारत र २५ बर्ष जापान । दु:ख सुख गरेर पैसा पनि राम्रै कमाए । पैसा धेरैले कमाउँछन् । तर पैसासंगै मन हुनेहरु भने कम भेटिन्छन् । मदनलाल पैसासंगै मन भएका व्यक्ति हुन् । जसले गाउँका दलित बालबालिकाको लागि बिद्यालय खोले । मदनलालले गाउँ छाडेकै २७ बर्ष भए । तर झमादी बिर्सेका छैनन् । बुबा–आमाको नाममा बिद्यालय खोलेका छन् । गाउँमै आधुनिक घर छ । उनले बनाएका मन्दिर छन् ।

बुवा प्रेम नेपालीको मृत्यु भएको २६ बर्ष भए । आमा बिष्णुदेवि नेपालीको पनि १४ बर्ष अघि निधन भयो । बिस २०७१ सालमा मदनलाल र उनका दाजु मेघलाल बस्यालले आफ्नै लगानीमा नौ कोठे पक्की बिद्यालय निर्माण गरेका छन् । बिद्यालयको नामकरण प्रेम बिष्णुदेवि प्राथमिक बिद्यालय गरिएको छ ।

बिद्यालयमा ३३ जना बिद्यार्थी छन् । पाँच जना जनजाति बाहेक बाँकी सवै दलित बिद्यार्थी भएको प्रध्यानाध्यापक जानका ज्ञवालीले बताइन् । बिद्यालयमा दरबन्दी, करार र स्थानीय स्रोतबाट गरेर पाँच जना शिक्षक छन् । बस्याल परिवारले बिद्यालयमा १० लाखको अक्षयकोष स्थापना गरेका छन् । कोष मार्फत दुई जना शिक्षक राखिएको बिद्यालयका प्रध्यानाध्यापक ज्ञवालीले जानकारी दिइन् ।

मदनलाल बिदेशमा हुँदा ।

नैतिक शिक्षाकै लागि धार्मिक महोत्सव
प्रेम बिष्णुदेवि प्रावि रुरु गाउँपालिका ३ थानपतिले समुदायमा नैतिक शिक्षाका लागि शैक्षिक महोत्सव गर्ने भएको छ । आउँदो ६ बैशाखदेखि १२ गतेसम्म धनधान्याचल गीता ज्ञानबिज्ञान शैक्षिक महोत्सवको आयोजना गरिएको धनधान्याचल गीता ज्ञानबिज्ञान शैक्षिक महोत्सव मुल आयोजक समिति संयोजक मेघलाल बस्यालले बताए । महोत्सवबाट ५० लाखदेखि एक करोड संकलनको अपेक्षा आयोजककले लिएको छ ।

महायज्ञबाट प्राप्त रकमले दक्ष अनुभवी शिक्षक नियुक्त गरेर बिद्यालयको शिक्षालाई अब्बल बनाउने, दलित समुदायको सचेतना अभिवृद्धि गर्ने योजना बिद्यालयको रहेको वडाध्यक्ष शेषनारायण पौडेलले बताए । त्यस्तै गाउँमा पुष्प बाटिका निर्माण गर्ने, दलित समुदायका प्रत्येक घर एउटै रङ्गको बनाउने, गमला र नर्सरीहरुको फुल लगाउने लगायतका काम गरिने पौडेलले जानकारी दिए ।

मदनलाल बस्याल परिवारले झमादी दलित समुदायको लागि मात्रै नभएर देशकै सामाजिक व्यत्तित्व भएको पौडेलले बताए । ‘अहिले कमाएर आफ्नो मोज र मस्तिमा खर्च गर्ने धेरै छन्,’ उनले भने,‘ मदनलाल दलित बालबालिका र समुदायकै शिक्षाको उज्यालो प्रदान गर्ने भगवान हो ।’ मदनलाल बस्यालले आफुले शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा अनुकरणीय काम गर्न खोजेको भएपनि सामुदायिक सक्रियता कम पाएको गुनासो गरे ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D