gulminews logo
शनिबार, २०८१ बैशाख ८

मध्यपहाडी लोकमार्ग ठाउँठाउँमा भासियो, नगरपालिकाको टोलीद्वारा स्थलगत अवलोकन

थम्मन थापा
बागलुङ, साउन ७ । निरन्तर परेको वर्षाका कारण अहिले देशभरको जनजीवन प्रभावित भइरहेको छ । ठाउँ ठाउँमा सडक र पुलमा क्षति पुगेको छ । मध्यपहाडी लोकमार्गको गलकोट खण्डमा पनि ठाउँ ठाउँमा क्षतिग्रस्त भएको छ । लगातारको वर्षाले लोकमार्गको दुदिलाभाटी खण्डमा सडक भासिने र पहिरो खस्ने क्रम बढेको छ ।

लोकमार्गको आज गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, नगर उपप्रमुख रेणुका काउचा मगर सहितको टोलीले स्थलगत अवलोकन गरेको छ । स्थलगत अवलोकन पछि गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले मध्यपहाडी लोकमार्गको दुदिलाभाटी भुङखानीमा झण्डै ४० मिटर, काफलठुटामा झण्डै १० मिटर, जम्दारे घुम्तीमा झण्डै २० मिटर र चौराहमा झण्डै १० मिटर सडक भासिएको जानकारी दिनुभयो । निरन्तर परेको वर्षा सँगै सडक मुनि बाट पहिरो खसेपछि सडक भासिएको हो सडक भासिदा सडक मुनिको बस्ती समेत जोखिममा परेको गैरेको भनाई छ ।

सडक चिरा चिरा परे पछि नरेठाटी बजेनीका ९ घर पहिरोको उच्च जोखिममा रहेका छन् । सडक सुचारु गर्न नगरपालिकाले आवश्यक पहलकदमी थालेको गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिनुभयो । त्यसको लागि जिल्ला प्रशासन कार्यालय बागलुङ र सडक विभागको कार्यालयमा समन्वय भइरहेको नगर उपप्रमुख काउचाले बताउनु भयो । सडक पूर्ण रुपमा बन्द हुन नदिन गलकोट नगरपालिकाले तत्काल आवश्यक काम सञ्चालन गर्ने नगर उपप्रमुख काउचाको भनाई छ ।

नगर उपप्रमुख काउचाले भन्नु भयो हामीले सडक र बस्ती दुवैलाई थप क्षति हुन नदिन आवश्यक सावधानी र सुरक्षा सतर्कता अपनाउन हरदम प्रयास गर्ने छौं । भासिएको सडकमा जुनसुकै बेला पहिरो जान सक्ने जोखिम समेत उत्तिकै बढेको छ । अहिले लोकमार्गमा जोखिम मोलेर बागलुङ सदरमुकाम, पोखरा, काठमाडौं, चितवन लगायतका स्थानमा सवारीसाधनहरुले यात्रा गरिरहेका छन् । पानी पर्ने क्रम नरोकिएकोले पहिरो जाने र सडक अवरुद्ध हुने सम्भावना पनि बढेको गलकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हिम बहादुर भण्डारीले बताउनुभयो ।

अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा नगर्न यात्रु तथा गाडीहरुलाई अनुरोध समेत गरेको गलकोट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिरजंग भण्डारीले जानकारी दिनुभयो । सडकको स्थलगत अवलोकनको निम्ति जनप्रतिनिधि, पत्रकार, समाजसेवी र स्थानीयको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D