मध्यपहाडि लोकमार्गमा फेरी पनि डरलाग्दो दुर्घटना, दुइजना सख्त घाइते

कमल पौडेल

बडिगाड बागलुङ, ०८ मंसिर। मध्यपहाडि लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका वडा नं. २ को सक्नयार आकाशे पुल नजिकै ग १० प ८६४९ नं. को मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भिर घाइते भएका छन्। सो दुर्घटनामा गुल्मी इस्मा गाउँपालिका वडा नं. ३ का अन्दाजी वर्ष ३५ का युवराज खड्का र रुकुम बरायाला ९ वर्ष २६ का नविन वुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ।

सख्त घाइते दुवै जनालाई उद्धार गरि खर्वाङमा प्राथमिक उपचार पछि पाल्पा पठाइएको खर्वाङ प्रहरीले जनाएको छ। खड्काको टाउकोमा चोट लागेको र बुढाथोकीको खट्टा तथा हात दुवै भाँचिएको प्रहरीले जनाएको छ। बडिगाड महोत्सव हेरेर फर्किने क्रममा सडकवाट मोटरसाइकल २ सय मिटर तल बडिगाड खोलामा पुगेको र दुवै घाइतेलाई खोला किनारावाट निकालिएको प्रहरीले जनाएको छ। दुई हप्ता अगाडि पनि सोहि स्थानमा मोटरसाइकल खोलामा खस्दा एक जनाको ज्यान गएको थियो।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D