gulminews logo
आईतवार, २०८१ बैशाख २३

मदानेमा नि:शुल्क स्वास्थ्य शिविर संचालन हुँदै, ६० बर्ष माथिकालाई यातायात पनि नि:शुल्क

विवश विष्ट
मदाने, ०२ चैत । गुल्मीको मदाने गाउँपालिकामा विभिन्न किसिमका रोगहरुमा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ । यहि चैत १० र ११ गते दुई दिनसम्म स्वास्थ्य शिविर संचालन हुने भएको छ ।

मदाने गाउँपालिका गुल्मी र मधाने सामुदायिक स्वास्थ्य केन्द्र बाझकटेरी गुल्मीको संयुक्त आयोजनामा हुन गइरहेको स्वास्थ्य शिविरमा धरै भन्दा धेरै बिरामीहरुलाई स्वास्थ्य शिविर बाट लाभ दिन लागिएको मधाने सामुदायिक स्वास्थ्य केन्द्रका इन्चार्ज यमलाल भुषालले जानकारी दिनुभयो । गाउँपालिकामा बसोबास गर्ने स्थानिय बासिन्दाहरुलाई लक्ष्यित गरि निशुल्क आखा , दन्त र स्त्री रोग सम्बन्धि उपचार तथा शल्यक्रिया संचालन जस्ता सेवाहरु शिविरमा प्रदान हुने छन ।

मदाने गाउँपालिका भित्रका स्थानिय ६० बर्ष माथिका वृद्धवृद्धा र अशक्तलाइ यातायातका लागि गाडी नि:शुल्क रुपमा व्यवस्था गरिएको छ । अग्लुङ्ग-फेदि, सिर्सेनी, पुर्कोट-म्यालपोखरी-बाझकटेरी र मलागिरीको लागि छुट्टाछुट्टै रुट को व्यवस्था गरि बिरामी शिविर स्थल सम्म ल्याइने अस्पतालले जनाएको छ । शिविर मदाने गाउँपालिका २ बाझकटेरी स्थित मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा संचालन हुने बताइएको छ ।

गत माघमा पनि यस स्वास्थ्य केन्द्रमा दन्त शिविर संचालन गरि करिब ५०० जना स्थानिय बासिन्दाले लाभ लिइसकेका छन ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D