gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

मदानेमा गरिएको बेमौसमी खेति कार्यक्रमका लागि कृषि ज्ञान केन्द्र गुल्मीले गर्यो अनुगमन

विवश विष्ट
गुल्मी, ०८ मंसिर । मदानेमा संचालन गरिएको बेमौसमी खेती कार्यक्रमका लागि कृषि ज्ञान केन्द्र गुल्मीले अनुगमन गरेको छ । आइतबार कृषि ज्ञान केन्द्र गुल्मीका प्रतिनिधि,कर्मचारी, कोभिड विशेष बेमौसमी आलु प्रवद्धन समितिका पदाधिकारी, जनप्रतिनिधि लगायतको टिमले अनुगमन गरेको हो ।

कोभिड विशेष बेमौसमी आलु प्रवद्धन समितिको माग तथा कृषि ज्ञान केन्द्र गुल्मीको आर्थिक सहयोगमा स्थानिय कृषकहरसलाई गत असारमा बेमौसमी आलु बिउ वितरण गरिएको थियो । वितरित ३०० क्विन्टल जनकदेव आलु राम्रोसँग उत्पादन भएको समितिले प्रतिक्रिया दिएको छ ।

प्राय सबै समूहद्वारा क्रियाशिल कृषकहरुले पाएको जनकदेव बेमौसमी आलुको बीउ सबै कृषकहरुले आफ्नो खेतबारीमा खेती गरेका छन । विशेष गरि १८ सय मिटर भन्दा माथिल्लो भेगमा राम्रो उत्पादन हुने बीउ भएकाले सोही ठाउमा नै प्लटिङ गरि लगाईएको छ भने छिटपुट परिक्षणका लागि तल्लो भेगमा पनि लगाईएको छ, तल्लो भेगमा पनि बोट र आलु राम्रो उत्पादन भएको कृषकहरु बताउँछन् ।

मदानेका बाझकटेरी,अग्लुङ्ग,मलागिरीका उपल्लो भेगमा लगाइएको आलु राम्रो उत्पादन भएको मदाने गाउँपालिका कृषि विकास शाखाले जनाएको छ । यसैका लागि भनेर दिइएको तालिम अनुरुप कृषकले काम गरि लगाईएको भएका कारण आलु निकै राम्रो उत्पादन भई कृषकहरुको जिवनस्तरमा विकास हुने अपेक्षा लिइएको कृषि ज्ञान केन्द्र गुल्मीमा कृषि अधिकृत टिकाराम न्यौपानेले बतनउनुभयो । गुल्मीको मदाने र कालिगण्डकी गाउँपालिकाका केहि भेगहरुमा गरिएको सो कार्यक्रमका लागि प्राविधिक समस्याले धेरै चुनौती खेप्नु परेको उहाँको भनाई छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D