gulminews logo
बिहीबार, २०८१ बैशाख १३

मजुवामा खुल्यो चौबिस घण्टे सेवा सहितको अस्पताल, यस्ता छन् उपलब्ध सेवा सुविधा

सन्जु काउछा
मंसिर २९ । गुल्मीमा ग्रामीण स्तरका जनतालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउनका लागी जिल्लाको चन्द्रकोट गाउँपालिका मजुवामा स्वास्थ्य क्लिनिक स्थापना भएको छ ।

सामान्य स्वास्थ्य सेवा लिनको लागि पनि पाल्पा, बुटवल जानु पर्ने बाध्यतालाई कमी गर्ने उद्देश्य सहित मजुवा बजारमा शुभ सारथी स्वास्थ्य क्लिनिकको स्थापना भएको हो । क्लिनिकको शनिबार एक कार्यक्रमका बिच चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले उद्घाटन गरेका हुन् ।

अस्पतालले चौबिसै घण्टा प्याथोलोजी र फार्मेसी सेवा उपलब्ध गाराउनुका साथै फार्मेसी तथा बिरामी अवलोकन सेवा पनि उपलब्ध गराउने जनाएको छ । त्यस्तै गर्भवती सम्बन्धी सेवा, परिवार नियोजन सम्बन्धी सेवा, भिडियो एक्सरे, माईनर सर्जरी लग्यायतका थुप्रै सेवाहरु पनि अस्पतालले उपलब्ध गराउने अस्पतालका अध्यक्ष होम पल्लीले गुल्मीन्युज डट कमलाई जानकारी दिए ।

उद्घाटनको अवसरमा देवदह मेडिकल कलेजका डा. सुन्दर पाण्डे, भैरहवा मेडिकल कलेजका डा. सिर्जना पाण्डे र लुम्बिनी प्रादेशिक अस्पतालका डा. सोम आलेको समेत बिशेष उपस्थितीमा नि:शुल्क बिरामी जाँचको समेत ब्यवस्था गरिएको थियो । पहिलो दिन १ सय ९५ जना महिला, ९९ जना पुरुष र २५ जना बालबालिका गरी ३ सय १९ जनाको नि:शुल्क स्वास्थ्य जाँच गरिएको क्लिनिकका मार्केटिङ म्यानेजर श्याम बस्नेतले जानकारी दिए । आगामी दिनमा डा. सुमित झा लगायतको टिमले नियमित सेवा दिने समेत बस्नेतले जानकारी दिए ।

गाउँमै सुविधा सम्पन्न स्वास्थ्य क्लिनिक स्थापना भएपछि यहाँका वासिन्दाहरु खुशी भएका छन् । स्वास्थ्य क्लिनिकको उद्घाटन गर्दै सामान्य उपचार र ल्याब टेस्ट गर्न तम्घास जानुपर्ने कि पाल्पा, बुटवल लगायतका ठुला शहरमा जानुपर्ने वाध्यता घटेको प्रमुख अतिथी चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण बस्नेतले बताए । गाउँठाउँमै क्लिनिक स्थापना भएपछि स्वास्थ्यको पहुँचमा सहज भएको स्थानिय रामु थापाले बताए । समयानुकुल यसको स्तर बृद्धि गर्दै जानु पर्ने उनको भनाई छ । यस क्लिनिकवाट चन्द्रकोटका साथै गुल्मी दरबार, मुसिकोट, सत्यवतीका अलवा बाग्लुङको बडिगाड लगायतका बिभिन्न स्थानिय तहका हजारौँ स्थानियहरु लभान्वित हुने अस्पतालले जनाएको छ ।

दामोदर ज्ञवालीले सन्चालन गरेको उद्घाटन कार्यक्रममा क्लिनिकका अध्यक्ष होम पल्लीको अध्यक्षता रहेको थियो । कार्यक्रममा चन्द्रकोट गाउँपालिकाका अध्यक्ष खत्रीका अलावा उपाध्यक्ष राधिका अर्याल, जिल्ला समानवय समिती सदस्य चेतन बस्नेतका साथै लक्ष्मी भण्डारी, नरहरी गौतम, टिकाराम अर्याल, रमेश भण्डारी, घनश्याम न्यौपाने, लक्ष्मी गौतम, डिल्लिराज अर्याल, भुवन बस्नेत, रेणुका श्रीस, शिव बस्नेत, यज्ञमुर्ती भण्डारी, चक्र बस्नेत लगायत स्थानिय समाजसेवी तथा जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D