Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
नेशनल प्याथ ल्याबको सहयोगमा थप क्षमता सहितको कोरोना परिक्षण सुरु हुँदै, अब दैनिक २ सय ५० को प्ररिक्षण हुने - Gulminews

नेशनल प्याथ ल्याबको सहयोगमा थप क्षमता सहितको कोरोना परिक्षण सुरु हुँदै, अब दैनिक २ सय ५० को प्ररिक्षण हुने

टोपलाल अर्याल
गुल्मी, २८ चैत । नेशनल प्याथ ल्याबले कोरोना परिक्षण गर्ने मेसिन उच्च क्षमताको मेसिन प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रदान गरेको छ । WHO, FDA / USA द्धारा प्रमाणीत रियल टाइम पि.सि आर मेसिन नेशनल प्याथ ल्याबका प्रर्बन्ध निर्देशक पवन जोशीले प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बराल मार्फत प्रयोगशालालाई प्रदान गरेका हुन् ।

हाल संचालनमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा प्रत्येक दिन १० देखि १५ वटा मात्र कोरोना परिक्षण हुदै आएको छ । अब यो मेसिन मार्फत प्रत्येक दिन दुई सय ५० वटा सम्म कोरोना परिक्षण गर्न सकिने नेशनल प्याथ ल्याबका प्रबन्र्ध निर्देशक जोशीले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘क’ बर्गमा सुचिकृत नेशनल प्याथ ल्याबसंग कोरोना परिक्षण गर्ने सम्पूर्ण आवश्यक मेसिन, जनशक्ति र उपकरणहरु उपलब्ध छन् । तर कोरोना परिक्षणको लागि निजि प्रयोगशालाहरुलाई अनुमति नभएकाले आफुहरुसंग भएको ४० लाख बराबरको मेसिन सहयोग गरेको जोशीले बताए ।

सामाजिक विकास मन्त्री सुर्दशन बरालले छोटो समयमा धेरैभन्दा धेरै परिक्षण गर्न सकिने यो मेसिन प्रदान गर्ने मेसिन प्रदान गर्ने नेशनल प्याथ ल्याबलाई आभार प्रकट गरे । उनले सवैको सहयोग र समन्वयले मात्रै बिपद्को सामना गर्न सकिने भएकाले नेशनल प्याथ ल्यावले सामाजिक भावना देखाएको बताए । विषम परिस्थितिमा महामारी नियन्त्रण गर्नु सबै निजी तथा सरकारी सस्थाहरुको साझा दायित्व भएकाले सरकारले आवश्यक ठानेको अवस्थामा कोरोना नियन्त्रण अभियानमा थप सहकार्य गरेर लगाडी बढ्न आफुहरु तयार रहेको नेशनल प्याथ ल्याब गुल्मीमा प्रर्वन्ध निर्देशक होम बहादुर पल्लीले बताए ।

यो पनि पढ्नुस्

निर्दयी लुम्बिनी प्रदेश सरकार : कोभिडबाट मृत्यु भएका परिवारलाई एक बर्षसम्म पनि दिएन राहत रकम

हुमाकान्त पोखरेलगुल्मी, १२ भदौ । लुम्बिनी प्रदेश सरकारले आफैले गरेको निर्णय कार्यान्वयनमा ढिलाई गर्दा कोभिडबाट

गुल्मीमा कोभिड खोप अभियान, ५ देखि ११ बर्षका करिव ३५ हजार बालबालिकाले खोप लगाउँदै

टोपलाल अर्यालगुल्मी, १९ साउन । गुल्मीमा ५ बर्षदेखि ११ बर्षसम्मका बालबालिकाहरुलाई दिइने कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D