gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

भिडियो: यसरी फुट्यो ताल, भत्कायो सडक

गुल्मी, २० साउन । गुल्मी सिमाना र बाग्लुङ जिल्लाको तुरतुरेमा पहिरोले खोला थुनिएर बनेको कृत्रिम ताल फुटेको छ । गत वर्षको भदौमा पहिरोले बनेको ताल एक वर्षपछि फुटेको हो । अबिरल वर्षासँगै बाग्लुङ जिल्लाको बढिघाट गाउँपालिका वडा नम्बर ७ र डोरपाटन नगरपालिका वडा नम्बर १ को तुरतुरे भन्ने स्थानमा चट्टान सहितको ठूलो पहिरो खोलामा खसेर ताल बनेको थियो । पानीको चाप बढेपछि राति २ बजेपछि ताल फुट थालेको हो ।

ताल फुटेपछि नदि किनारमा रहेका बाग्लुङका भिङगिठे, खारा, खरबाङ र गुल्मीका भुपाचिदी, मजुवा चोरकाटे उल्लीखोला, रिडीसम्मका नदि किनारका मानिसहरु उच्च जोखिममा परेका छन् । नदि किनारमा रहेका सबै मानिसहरु सुरक्षित स्थानमा बस्न भनिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । गुल्मी तर्फ नदि किनारमा पानीको वहाफ वढन साथ पूर्व सुचना यन्त्र पनि जडान भएको छ । पानीको बहाफवढन साथ राति ३ बजेबाट त्यसले पूर्व सुचना प्रवाह गरिरहेको पैमुख जिल्ला अधिकारी पौडेलले बताए ।

तालको पानी बग्न थालेपनि कुनै क्षती नगरेको र थप क्षती हुन नदिन पनि सतर्कता अपनाइरहेको प्रजिअ पौडेलको भनाई छ । वर्षात पनि भइरहेकाले तटीय क्षेत्रमा सर्तकता अपनाउनु पर्ने अवस्थालाई भने सुरक्षा निकायले सबैलाई सचेत बनाइरहेको छ । गत वर्ष सो पहिरोले ताल बनेको बाग्लुङका सिमल चौरका ४ घर डुबानमा परेका थिए । पहिरोमा जोखिमपूर्ण यात्रा गर्दा एक जनाको ज्यान पनि गएको थियो ।

हेर्नुस् भिडियो:

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D