gulminews logo
बिहीबार, २०८१ बैशाख १३

भिडियो: गुल्मीमा “सालको पातको टपरी…….” गाउँदै कुलेंद्र बिकले यसरी उफारे गुल्मेलीलाई

अहिले दर्शकश्रोताले सबैभन्दा बढी गुनगुनाउने र हेर्ने लोकदोहोरी गीतमा पर्छ ‘सालको पातको टपरी’ । बालबालिकादेखि वृद्धवृद्धासम्मको मुखमा झुन्डिन सफल गीत सबैभन्दा बढी तिहारमा गुन्जियो ।

जहाँ सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ, प्राय: रोजाइमा यही गीत पर्ने गर्छ । त्यसो त सामाजिक सञ्जाल टिकटकमा यही गीतको टुक्रा राखेर भिडियो बनाउनेको जमात बाक्लो छ । गीतलाई टिकटकमा फलो गर्ने तन्नेरी बढी छन् । युटयुब भ्युज बढ्दो छ ।

गीतले सोचेभन्दा बढी चर्चा पाएपछि गायक/गायिका, संगीतकार, रचनाकार र मोडल दंग छन् ।

‘गीतमा टिपिकल शब्द छन्,’ कुलेन्द्रले भने, ‘वसन्तजीले गीतलाई मोर्डन संगीतमा ढालेर सबैलाई मन पर्ने बनाउनु भएको छ ।’ कुलेन्द्रले यसअघि दर्शकश्रोताको मन जित्ने गीत नगाएका भने होइनन् । उनको स्वर रहेको ‘नजाऊ है सानु पँधेरीमा..’ ‘डाँडै फुर्के सल्लो..’ ‘जिम्बल बाको आँगनीमा..’, ‘रुमाल हल्लाई हल्लाई…’ ले निकै चर्चा पाए । ‘तर यो गीतको जताततै चर्चा छ,’ सांगीतिक कार्यक्रमको सिलसिलामा ४ महिना अमेरिका बसेर फर्किएका उनले भने, ‘विदेशमा पनि उत्तिकै गीतको क्रेज रहेछ ।’

गीत तिजको भोलिपल्ट रिलिज गरिएको हो । सांगीतिक कार्यक्रममा स्टेज उक्लनासाथ उनलाई सुरुमै दर्शक दीर्घाबाट यही गीतको फर्माइस आउँछ । उनलाई देख्नासाथ दर्शकको भीडले एकोहोरो यही गीत गुनगुनाउँछ ।

हेरौँ गुल्मीको शान्तिपुरमा आयोजित चक्रेश्वरमेलामा कुलेन्द्र बिकले सालको पात लाईभ गाउँदा दर्शकको यस्तो क्रेज देखियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D