gulminews logo
शुक्रबार, २०८१ बैशाख २८

भिडियो अन्तर्वाता: कस्तो हुँदैछ गुल्मी महोत्सवको तैयारी? के के नयाँ कुराहरु हुँदैछन् यसपाली?

तेस्रो गुल्मी महोत्सवको तैयारी तिब्र गतीमा भैरहेको छ । २ सय स्टल रहने तेस्रो गुल्मीमा महोत्सव आगामी चैत १६ देखि २५ गते सम्म सञ्चालन हुँदैछ ।

कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्न भन्दै गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा हुने महोत्सवको ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य, कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका तय गरिएको छ ।

महोत्सव सम्पन्न गर्न राखिएका सबै स्टलहरु बुकिङ्ग भईसकेको बाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए । महासचिव भुसालका अनुसार केहि स्थानिय उत्पादनका सामाग्रीहरु राख्नको लागी बाँकी राखिएको र अरु धेरै जसो स्टल बुकिङ्ग भईसकेको बताए ।

जिल्लाको सदरमुकाम तम्घासमा १० दिन सम्म चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि, घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए ।

वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ । महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथमिकताका दिँदै आएको छ ।

तेस्रो गुल्मी महोत्सवको तैयारी सम्बन्धी संघका महासचिब तारा भुसालसँग रेडियो रेसुंगाको लागि गरिएको बिशेष कुराकानी सुनौ:

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D