gulminews logo
शनिबार, २०८१ बैशाख ८

भिडियोमा प्रिया र बद्री कान्छा कान्छी

अनिल खत्री
गुल्मी, माघ १८ । गायिका प्रिया भण्डारीले आफनो कान्छा सार्बजनिक गरेकी छन् । हालै बजारमा आएको निकै लोकप्रिय लोकदोहोरी गीत ‘कान्छी ओइ कान्छी’ शिर्ष गीतमा गायिका प्रियाले कान्छाको रुपमा लोकप्रिय गायक बनद्री पंगेनीलाई कान्छा भन्दै गीतको माध्यममा सार्बजनिक गरेकी हुन् ।

लोकदोहोरी गीतमा कान्छी र कान्छा बिचको गीती कहानीमा प्रियाले कान्छाको रुपमा बद्री र कान्छीको रुपामा प्रियाको रुपमा प्रस्तुत गीतमा उल्लेख छ ।

पछिल्लो समयमा गायक पंगेनी र गायिका भण्डारीले स्वर दिएको नयाँ गीत ‘कान्छी ओइ कान्छी’ बजारमा आएको छ । यस गीतमा गायक पंगेनी र गायिका भण्डारीको स्वर निक्कै मिलेको छ । गीत सार्बजनिक गरेकै केहि दिनमै निकै चर्चा बटुलेको छ ।

माया प्रेममा दुइ प्रेमी बिचको रमाइलो कथा बस्तु गीतमा रहेको गायिका प्रियाले बताइन् । दुई प्रेमीका माया प्रेमका मिठा छेडहरु गीतको मुख्य कथाबस्तु रहेको गायिका प्रियाको भनाई छ ।

लोकप्रिय गीतकार एकनारायण भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको उक्त गीतलाई सीतारा म्यूजिक प्रालिले बजार व्यवस्थापन गरेको छ । शंकर बिसी र रश्मि तामाङको अभिनय रहेको छ ।

गीतमा बालकलाकारहरुको नृत्य देख्न सकिने उक्तगीत शंकर बिसिले निर्देशन गरेका हुन । गीतको छायांकन भने दुर्गा पौडेलले गरेका हुन् ।
गीतको पुरा भिडियो हेर्नुहोस:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D