Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
भार्सेमा जिवितै छन् सोरठी र कृष्ण चरित्र: छन्तेल बालाई पिरलो, नयाँ पुस्तालाई कसरी हस्तान्तरण गर्ने? - Gulminews

भार्सेमा जिवितै छन् सोरठी र कृष्ण चरित्र: छन्तेल बालाई पिरलो, नयाँ पुस्तालाई कसरी हस्तान्तरण गर्ने?

टोपलाल अर्याल
गुल्मी, ९ जेठ । यम बहादुर छन्तेल उमेरले ७२ लागे । उनी सोरठीका डर लाग्दा कलाकार । तन्नेरीको बिचमा छन्तेल बाजे । सोरठीका गुरु बा । अझै तन्नेरीको जस्तै जोस छ । उनी गीत निकाल्छन्, तन्नेरी समाउँछन् । विशेषगरी सोरठी, झ्याउरे, सालैजो र दोहोरीमा उनी अब्बल मानिन्छन् । गाउँका जैलाल श्रीस, बंगाली श्रीस, बहादुर आले र तीलविर विक सोरठीका राजा थिए । भार्सेमा यी चार जना हुँदै छन्तेलसम्म सोरठी आएको छ । अहिले छन्तेललाई एउटै पिरलो छ । यो कला र संस्कृति नयाँ पुस्तालाई कसरी हस्तान्तरण गर्ने ?

सोरठी नाच गुरुङ्ग र मगर समुदायमा निकै प्रख्यात छ । पुरानो समयमा सोरठीको अर्थ सोह्र ओटा सुन्दर रानीहरु भन्ने हुन्थ्यो । यो नाच ठुलो समूहमा नाच्ने गरिन्छ । दिनभरको थकान मेट्न तथा मनको भावना पोख्न यो नृत्य गर्ने गरिन्छ । पन्ध्रवटा रानि र एक राजकुमारी गरी सोह्र स्त्रीहरुसंग सम्बन्धित भएकाले सोह्रवटी भन्दा भन्दै सोरठी भएको छन्तेलले बताए । पछिल्लो समय छन्तेलले नयाँ युवाहरुलाइै सोरठी सिकाइ रहेका छन् ।

भार्से गाउँका नारायण विक छन्तेल बा पछिका आशा लाग्दा कलाकार हुन् । गाउन र बजाउन अब्बल विक कला पुस्तान्तरण भइरहेको बताउँछन् । ‘कला पुस्तान्तरण गर्ने हाम्रो कर्तव्य हो, छन्तेल बा पछि मैले सिके’, उनले भने, ‘मैले अरुलाई पनि सिकाइरहेको छु ।’ विद्यालय र क्याम्पस पढ्ने उमेर समूहका बिद्यार्थीहरुलाई परम्परागत कलाको अध्ययन र सीप हस्तान्तरण गर्न सके संस्कृति लोप नहुने उनले बताए । यो सोरठी अरु गीत र नाच जस्तै सजिलो छैन् । सोरठीको कुनै लिपी नभएकाले यो गला–गला मार्फत पुस्तान्तरण भएको छ । लामो मेलो भएकाले लगाब नभए कहिलेकाहिँ बिर्सने समस्या रहेको विकले बताए । सोरठीमा चार जना मारुनी, चार मादले, एक पुरुसुङ्गे र आवश्यता अनुसार गाउने हुन्छन् ।

कृष्ण चरित्र
प्राय: कृष्ण जन्माष्टमीमा देखाइने कृष्ण चरित्र भार्सेको प्रख्यात कला र संस्कृति हो । जिल्लाका अधिकांश स्थानमा यो गीत र नृत्य संकटमा परिरहेको छ । तर भार्से गाउँमा जिवित रहेको छ । पाको पुस्तादेखि नयाँ पुस्ताले यो गीत र नृत्य प्रस्तुत गर्ने गरेका छन् । कृष्णले बाल्यकालमा गरेका हरेक क्रियाकलाप गीत मार्फत गाउने र अभिनय गरेर दखाइने गुरु बा ६६ बर्षीय मन बहादुर श्रीसले बताए । यो गीत र नृत्य २०४२ सालको एकता दिवसमा लुम्बिनी अञ्चलमै उत्कृष्ट भएको श्रीसले बताए ।

यो कला र संस्कृति पनि गाउँका भिम बहादुर बुढाथोकी, रविलाल काउचा, मोति प्रसाद बुढाथोकी हुँदै मन बहादुरले सिके । अहिले नयाँ युवा युवति श्रीससंगै यो गीत गाउँछन् र नाच्छन् । अहिलेका नयाँ पढेलेखेका युवाहरुले चाहे एक हप्ता÷पन्ध्र दिनमा गाउन र नाच्न सक्ने टोलीका मादले पदम बहादुर गुरुङ्गले बताए ।

२१ बर्षीया शुसिला दलार्मीले कृष्ण चरित्र कण्ठै गरेकी छन् । बुवा चिन्तारामले पनि कृष्ण चरित्र गाउँछन् । उनीबाटै छोरीले पनि सिकिन । अहिले समुहमा गीत गाउँदै हिड्ने गर्छिन् । उनले १५ बर्षीया एन्जिला गलामीलाई पनि संगसंगै हिडाउँछिन् । कृष्ण चरित्र, सालैजो, सोरठी गाउँदै आएकी शुसिलाले लोक दोहरी र चुट्का जस्तो नहुने बताइन् ।

कृष्ण चरित्र, सोरठी, सालैजो लगायतका गीत र नृत्य भार्सेली समुदायको इतिहास र गौरव हुन् । बिशेष गरेर चाड पर्वमा यी गीत र नृत्य प्रस्तुत गरिन्छ । साथै अरु समय पनि कुनै मेला महोत्सवमा माग भए बाहिर जाने गरिएको सत्यवति गाउँपालिका ८ भार्सेका वडाध्यक्ष सन्त कुमार थापाले बताए । उनले यो कला र संस्कृति भार्सेली जनजाति समुदायको पहिचान भएकाले स्वतस्र्फत रुपमा देखाउने गरिएको बताए । अहिलेबाट भार्सेमा होमस्टे संचालन भएकाले आगन्तुक पाहुनाहरुको माग अनुसार आफुहरुले आफ्ना कला र संस्कृतिहरु देखाउने उदेश्य रहेको थापाले बताए । उनले सकेसम्म नयाँ पुस्तालाई पुराना कला संस्कृतिको पुस्तान्तारण गरिएको बताए ।

सोरठी समुहका मादले नारायण विकले व्यावसायी नभएका कारण आकर्षण कम हुँदै गएको बताए । उनले स्वतस्फुर्त भएकाले समुहमा एक जनाको भागमा एक सय पर्ने र बाहिर काम गरे पाँच सयदेखि एक हजारसम्म कमाइने बताए । उनले व्यावसायीक बनाउन सके नयाँ युवाहरुलाई थप आकर्षित गर्न सकिने बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D