Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
भारत र श्रीलंकाका बिद्यार्थीलाई सोरठी सिकाउँदै गुल्मीको बिद्यालय - Gulminews

भारत र श्रीलंकाका बिद्यार्थीलाई सोरठी सिकाउँदै गुल्मीको बिद्यालय

टोपलाल अर्याल
गुल्मी, १३ मंसिर । मगर समुदायको प्रख्यात नाच सोरठी । अचेल यो नाच मगर गाउँमै दुर्लभ भएको छ । नयाँ पुस्ताको आकर्षण नभएपछि यो मौलिक कला र संस्कृति पुरानो पुस्तामै सिमित भएको छ । तर जिल्लाको अर्जुन आवासीय माविले बिद्यार्थीहरुलाई सोरठी नाच सिकाउन थालेको छ ।

‘संगै नाँचौ’ अभियाननै संचालन गरेर बिद्यालयले कक्षा ७ मा अध्ययन गर्ने बिद्यार्थीहरुलाई सोरठी नाच सिकाउन थालिएको प्रिन्सीपल रबिचन्द्र बिष्टले बताए । शुक्रबार रेसुङ्गा नगरपालिकाको प्रख्यात भँगारी सांस्तृतिक समुहले बिद्यार्थीहरुको माझमा सोरठी प्रस्तुत गरेका थिए ।

तीन देशबीच संस्कृती सिकाई
अन्तराष्ट्रिय बिद्यालय पुस्कारको प्रतिस्प्रर्धाको लागि ब्रिटिश काउन्सीलसंगको आवद्धतामा बिद्यार्थीहरुलाई सोरठी सिकाउन थालिएको कार्यक्रमको संयोजन गरिरहेका शिक्षक सुदिप केसी बताए । भँगारी समुहको सोरठीको आधारमा बिद्यालयका नृत्य प्रशिक्षकहरुले बिद्यार्थीहरुले प्रशिक्षित गर्नेछन् ।

सोरठीमा अब्बल भएपछि स्काइप मार्फत भारत र श्रीलङका बिद्यार्थीहरुले नेपालको यो संगीत र नृत्य सिक्नेछन् । भने त्यहाँको संगीत र नृत्य नेपाली बिद्यार्थीहरुले सिक्ने केसीले बताए । त्यसपछि तीन देशको संयुक्त संगीत र नृत्य प्रस्तुत गरिने बिद्यालयले जनाएको छ ।

बिद्यार्थीमा उत्साह थप्दै सोरठी
मदाने गाउँपालिका २ का विबेक सेन अर्जुन आवासीय माविको कक्षा ७ मा पढ्छन् । गाउँमा सोरठी नृत्य देखे । उनलाई यो नृत्य मन पर्छ । तर संगीत अप्ठायो छ । ‘नृत्यले आनन्द आउँछ, सोरठीको संगीत भने अप्ठ्यारो लाग्यो,’उनले भने,‘पुरानो संस्कृति भएकाले सिक्ने उत्साह पलाएको छ ।’

कक्षा ७ मै पढ्ने धुर्कोट गाउँपालिका १ नयाँगाउँकी कृतिका जिसी अरु धेरै गीत संगीतमा नृत्य गर्छिन । सोरठी नाम मात्रै सुनेकी थिइन् । उनलाई पनि संगीत अप्ठ्यारो लाग्यो । नृत्यमा कुनै समस्या छैन । ‘नयाँ पुस्ताले नयाँ गीतसंगीत खोज्नु स्वभाविक हो, युग सुहाउँदो नृत्य गरेकी छु,‘उनले भनिन,‘पुरानो संस्कृतिको संरक्षण पनि गर्नुपर्छ ।’ आफुलाई सोरठी गीत र नृत्यको प्रशिक्षण लिने तिव्र चाहाना भएको जिसीले बताइन् ।

सोरठी जोगाउन चुनौती
जिलवट लेप्चा अर्जुन आवासीय माविका नृत्य प्रशिक्षक हुन् । उनले बिद्यालयमा काम गर्न थालेका १४ बर्ष भए । लेप्चाले प्रशिक्षण दिएका धेरै नृत्यमा अब्बल छन् । बिद्यार्थीलाई सोरठी सिकाउने जिम्मा पनि उनकै काँधमा छ ।

‘अरु गीत संगीत र नृत्य जस्तो सोरठी छैन, मिक्स सोरठी भने गर्दै आएका छौ,‘उनले भने,‘वास्तविक सोरठीको मेलो र लय समात्न नयाँलाई समय धेरै लाग्छ ।’ उनले लोक संगीतको जीवन सोरठी भएकाले हरेक संघ–संस्थाले नयाँ पुस्तालाई प्रतिस्प्रर्धा र प्रशिक्षण दिनुपर्ने बताए ।

त्यस्तै प्रख्यात भँगारी सोरठी समुहका लाल बहादुर श्रीसले आफुहरुपछि यो नृत्य संकटमा पर्ने बताए । उनले आफुहरुले बडो दुखले सिकेको यो नृत्य नयाँ पुस्ताले अनुसरण नगर्दा समस्या भएको बताए । ५९ बर्षी श्रीस सोरठी समुहमा मादले हुन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D