गुल्मीन्युज
नयाँ दिल्ली, बैशाख २९ । भारतमा सडक दुर्घटना परी गुल्मीका एक युवाको मृत्यु भएको छ । गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका ८ तुराङ स्वाँरा स्थाई घर भई भारतमा बस्दै आएका शालिकराम पोख्रेलको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो ।
यो पनि पढ्नुस्: कोरानाले लियो गुल्मीका ढकालको ज्यान
भारतको बैङ्लोर स्थित बेलुन्दुरमा तरकारी किन्न जाने क्रममा मोटरसाईकलमा सवार पोख्रेल दुर्घटनामा परेका थिए । दुर्घटना परेर गम्भिर घाईते भएका उनको उपचारको क्रममा स्थानिय अस्पातलमा गत शनिबार मृत्यु भएको पारिवारिक श्रोतले गुल्मीन्युज डट कमलाई जानकारी दिएको छ ।
सुमन पनि भनेर चिनिने शालिकराम पोख्रेलको ३३ बर्षको अल्पायुमै ज्यान गएको हो । उनको बैङ्लोरमै दाहसंस्कार गरिएको छ । मृतक पोख्रेलको श्रीमती सहित २ छोराहरु रहेका छन् ।