gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

कोरानाले लियो गुल्मीका ढकालको ज्यान

युएई, बैशाख २९ । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका गुल्मीका एक युवाको ज्यान गएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट दुबइको अवुदावीमा बस्ने ३९ वर्षिय चुरामणि ढकालको ज्यान गएको हो । विगत १५ वर्षदेखि दुबईमा कार्यरत ढकालको अवुदावीमा उपचारकै क्रममा मृत्यु भएको हो । गत मे १ तारिखदेखि स्थानीय अस्पतालमा उपचाररत ढकालको शनिबार बिहान निधन भएको हो ।

यो पनि पढ्नुस्: भारतमा सडक दुर्घटनामा परी गुल्मीका पोख्रेलको निधन

गुल्मी जोहांग पुर्ख्यौली घर भएका मृतक ढकालको बसाई पछिल्लो समय भने कपिलवस्तुको वाणगंगामा थियो । ढकालका श्रीमती, एक छोरा र एक छोरी छन् । अपांगता भएका छोरा उठ्न नसक्ने अवस्थामा छन् ।

मृतक यसअघि अन्य कुनै गम्भीर स्वास्थ्य समस्याबाट पीडित नभएपनि दुई वर्षअघि निमोनिया भएर दुबईमै उपचार गराएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D