gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

भवन बनेर सकियो तर कस्ले प्रयोग गर्ने भन्ने अन्यौल, निर्माण व्यवसायीले पाएनन् भुक्तानी

अनिल खत्री
२५ भदौ, गुल्मी । सरकारी कार्यालयको भवन बनेर सकिदा कार्यालय नै नभएपछि अलपत्र बनेको छ । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ को उपल्लो तम्घासमा नव निर्मित महिला तथा बालवालिका कार्यालयको भवन अलपत्र बनेको हो । हालै सम्पन्न भएको नव निर्मित भवन कसले र केका लागि प्रयोजनमा ल्याउने भन्ने बारेमा पनि अन्योलमा छ । महिला तथा वाललालिका कार्यालय गुल्मीका लागि निर्माण गरिएको भवन संघियता कार्यन्वयनमा आएसँगै कार्यालय नै खारेज भएपछि भवन अलपत्र अबस्थामा परेको हो ।

हाल महिला तथा वालवालिका हेर्ने गरि प्रत्येक स्थानिय तहमा महिला तथा वालवालिका शाखा स्थापना भएको छ । त्यसले गर्दा जिल्ला कार्यालय छैन । भवन मात्रै होइन भवन बनाउने निर्माण कम्पनी पनि निर्माण गरेको रकम नपाउदा अलपत्र परेका छन् । शुनिल समिर निर्माण कम्पनी तम्घास गुल्मीले ०७४ सालमा निर्माण गरेको भवन ०७६ असारमा सम्पन्न गरेको हो । भवन डिभिजन कार्यालय पाल्पाले हेर्ने गरि १ करोड ७३ लाख ६१ हजार ५ सय ७४ रुपैयाँको कुल लागतमा निर्माण निर्माणको जिम्मा दिइएको थियो ।

भवन निर्माण कार्य सम्मपन्न गरे पनि सम्बन्धीत निर्माण कम्पनीले आफुले रकम भुक्तानी नपाएको बताउँछ । बहुवर्षिय ठेक्का मार्फत निर्माण भएको भवन कस्ले जिम्मा लिने भन्ने बारे पनि अन्योल रहेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले बताए । खारेज भएका कार्यालयहरुको चल अचल सम्पती जिल्ला समन्वय समिति मातहतमा राखिने प्रावधान रहेको पराजुलीले बताए । निर्माण व्यवसायीले भवन निर्माण सम्पन्न गरेपनि भूक्तानी नपाएका कारण भवन अन्य प्रयोजनमा ल्याउनको निम्ति पनि समस्या रहेको पराजुलीले बताए ।

संघिए सरकार मार्फत निर्माण भएको भवनको रकम भुक्तानीको लागि मन्त्रालय र प्रदेश सरकारलाई पत्रचार गरेको पराजुलीको भनाई छ । निर्माण कम्पनीलाई रकम भुक्तानी गराए पछि मात्रै स्थानिय तहलाई हस्तातरण हुने र कार्यालय प्रयोजनमा ल्याउन सकिने पराजुलीले बताए । निर्माण कम्पनीले १ करोड १६ लाख रकम पाउनु पर्ने रकम नपाएको निर्माण कम्पनीका नारायण पोखरेलले बताए । सम्झौता अनुसार काम सम्पन्न भएर बिभागमा अनुरोध गर्दा पनि हालसम्म नभएको पोखरेलले भनाई छ ।

भवन निर्माण कार्य सम्पन्न भएपश्चात हाल रङ्ग रोगन गरेर चिटिक्क पारेर ताल्चा मारेर बन्द अबस्थामा राखिएको छ । स्थानीयले नि:शुल्क रुपमा जग्गा उपलब्ध गराएर भवन निर्माण गरिएको हो । सेवा प्रवाहको निम्ति पनि अपाएक स्थानमा भवन निर्माण हुँदा पनि यसको अरु कार्यालयको प्रयोजनको लागि पनि समस्या छ । लामो समयसम्म भवन निर्माण गर्ने स्थलसम्म मोटरबाटो बिवादका कारण भवन निर्माणको लागि आएको रकम फ्रिज भएर जाने गरेको थियो । तर पछि स्थानीयले मोटर बाटो दिन तयार भएपछि भवन निर्माण कार्य तिब्र गतिमा अगाडी बढेको थियो ।

जिल्ला सदरमुकाम तम्घासमा केहि कार्यालयहरु आफनै भवन नहुँदा भाडामा बसेका पनि छन् । भवनलाई भाडामा रहेका कार्याललाई प्रदान गरेर ल्याउन सकिने यहाँका स्थानियको तर्क छ ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D