भद्रगोल छोडेका जिग्री पाँडेको ‘सक्किगोनी’ आज देखी शुरु

काठमाडौं, असौज २ । निकै लोकप्रिय हाँस्य टेलिशृङ्खला भद्रगोलमा देखिने पात्रहरु आज (बिहीबार) बाट फरक शृङ्खलामा देखिने भएका छन् । नेपाल टेलिभिजनमा बिहीबार राति ८ः४५ बजे आउने हाँस्य टेलिशृङ्खला ‘सक्किगोनी’ मा देखिने भएका हुन् । जेपीटी (जिग्री पाँडे टीम) ले नयाँ प्रस्तुति ‘सक्किगोनी’ ल्याउन लागेका हुन् ।

कुमार कट्टेल जिग्रीका अनुसार ‘सक्किगोनी’मा भद्रगोलमा देखिने कलाकार र विषयहरु पनि उस्तै छनोट हुनेछ । जिग्रीले भने, “हामीले सक्किगोनि मार्फत् केही नयाँ ल्याउन लागेका होइनौं । नाम मात्रै फरक हो ।”

उनले विषयवस्तु दर्शकको रुचि अनुसार छनोट गर्ने बताए । टेलिभिजन शो ‘सक्किगोनी’ यूट्युबमा समेत हेर्न सकिनेछ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D