gulminews logo
शनिबार, २०८१ बैशाख ८

भगवतीमा एक वर्ष नपुग्दै फेरी अर्को हत्या

प्रेम सुनार
गुल्मी , असौज–४ । गुल्मीको छिमेकी जिल्ला अर्घाखाँचीको छत्रदेव गाउँपालिका ७, साविकको भगवती गाउँमा एक वर्ष नपुग्दै फेरी अर्को मानिसको हत्या भएको छ । भुस्खाता भनेर चिनिने सावकिको भगवती गाविसमा गत वर्ष साँझको समयमा एक जना व्यक्तिले आफ्नो साथीको हत्या गरेका थिए । त्यसै गाउँको काउले, उपल्लोधारा टोलमा आज विहान एउटी ७७ बर्षीया वृद्धाको विभत्स हत्या भएको शव फेला परेको छ ।

bhagwati news७७ बर्षकी श्यामकला पाण्डेको अज्ञात समुहबाट हत्या भएको प्रहरीले जनाएको छ ।हिजो साँझ रक्ताम्य अवस्थामा उनकै घरमा शव भेटिएको छिमेकी राम प्रसाद पाण्डेले बताए ।

घटनाको प्रकृति हेर्दा सिलौटाले टाउकोमा प्रहार गरेर हत्या भएको पाईएको छ । अहिले विहान घटना स्थलको अनुसन्धान गरी शव पोष्टमार्टमका लागि सन्धीखर्क ल्याईएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी एकनारायण कोईरालाले बताए । प्रारिम्भक अनुसन्धानको चरणमा भएकोले अहिले केहि वोल्न नमिल्ने उनको भनाई छ । मृतकको टाउँको र चिउँडोमा विभत्सव चोटहरु छन् । मुल अगेनाको छेउँमा मकै छोडाउँदै बसेकी बृद्धलाई लिस्नो मुनी राखिएको सिलौटो प्रहार गरेको घटना स्थलको प्रकृतिले देखाउँ छ । भुईमा रगत जमेको छ । मकैहरु रगतले भिजेका छन् । उनले कानमा लगाएको सुनको मडवारी छैनन् । घाँटीको सिक्री आधा उनको हातमा र आँधा भुइँमा भेटिएको छ ।

कसरी थाहा भयो ?

दिनभरी पानी परेको थियो । साँझ हुँदासम्म पनि उनको घरमा बत्ती बलेन । स्थानीय गीता पाण्डेले घरमा बोलाउन जाँदा उनले घरभित्र शव देखिन् । उनी आत्तिदै छिमेकमा खबर गरिन्  र स्थानीयले प्रहरीलाई खबर गरे ।

त्यस दिन के भएको थियो ?

जेठा छोरा कमल प्रसाद पाण्डे बिहान ७ बजे घरबाट निस्किए । बुटवलमा बस्दै आएका उनका जेठा छोरा ४ दिनअघि मात्र बाबुको श्राद्ध गर्न घर पुगेका थिए । प्रहरीका अनुसार बिहान १० बजे छोरी राधिकासँग उनले फेनमा कुराकानी गरेको देखिएको छ ।

त्यसैगरी, बिहान ११ बजे माइलो छोरा राम प्रसाद पाण्डेसँग उनको फोनमा कुराकानी भएको थियो । माइलो छोरा भैरहवामा व्यवसाय गरेर बसेका छन् ।उनको कान्छा छोरा बाबुराम पाण्डे भने वैदेशिक रोजगारीको सिलसिलामा दुबइमा छन् । घटना थाहा पाएपछि उनी आजै नेपाल आउँदैछन् ।

एक्लै घर छाडेर पनि छोराहरुकै चिन्ता

विहान छोरी राधिका संग फोन गरेर छोराले राम्ररी केहि खान पाएन भन्दै आमा रुनु भएको भैरहवाबाट माईत आमाको शव भेट्न आएकी छोरीले बताईन ।
यसपाली दशैं सवै परिवारले यतै घर मनाउने हो भन्दै उनले हिजै विहान माईला छोरा संग कुरा गरेकी थिईन । उनले माईली बुहारीलाई तिमी पहिल्लै आउन तिमी नभए सुन्य हुन्छ मैले एक्लै दशैको सरसमान जुटाउन पनि सक्दीन भनेको बुहारीले गहभरी आँशु पादै भनिन् । २२ महिना अघि उनका श्रीमानको निधन भए देखि नै एक्लै बस्दै आएकी थिईन । यस अघि पनि पटक पटक उनको घरवारीमा तरकारी लगायतको चोरी हुँदै आएको थियो । उनले मान्छेको नाम नताई छिमेकीहरुसंग मलाई एक दिन त्यसैले ज्यान लिने भयो समेत भनेकी थिईन् ।

३ सय घरधुरीमा बृद्ध बृद्धा मात्रै घर कुरुवा

त्यस साविकको भगवती गाविसमा करिव ३ सय घरधुरी रहेको र ति प्राय प्रत्येक घरधुरमा छोरा छोरी विभिन्न पेशा व्यवसाय देश विदेशमा बस्ने र बृद्ध बृद्धा मात्रै घर कुरेर बस्ने गरेको स्थानिय समाज सेवी रामप्रसाद पाण्डेले बताएए । घरमा बृद्ध बृद्धाहरु मात्रै बस्ने भएकोले अपराधिक प्रबृद्धिका मानिसहरुले लुटे आक्रमण गरे गुहार दिने युवाहरु गाउँमा नभएकोले यस घटनाबाट बृद्धहरु त्रसित हुन थालेको उनले बताए ।

मलामी जाने युवाहरु पाईदैन् । महिला र बृद्धहरु मलामी जाने गरेका छन् । त्यहाँका युवाहरु बढि मात्रमा गुल्मीको सदरमुकाम तम्घासमा विभिन्न व्यवसाय गर्छन् । श्रीमतिलाई उतै राख्छन् । बृद्ध बृद्धा आमा बाबुलाई घरमा राख्छन् । तिनै बृद्ध वावु आमाले पालेको गाई भैसीको दुध भने वजारमा बसेका छोरा बुहारीहरुलाई नभई हुँदैन् ।

हत्या गरिएकी ति बृद्धा पनि पारीको वारीमा पुगेर धेरै मुठा घाँस काटेकी थिईन् । दुई वटा भैरी र एउटा गाई पालेकी र ८० रोपनी भन्दा बढि जमिनमा उनी एक्लैले खेती गर्दै आएकी थिईन् । उनको हत्या भएको खवर पाउन साथ बृद्ध बृद्धाहरु त्रसित मुद्रामा देखिन्थे । त्यस गाउँमा विसौनाका बा भनेर चिनिने चुरामणी पाण्डे ८४ वर्षिय बृद्धका चार छोराहरु छन् ।

उनको श्रीमतिको मृत्यु भएको तिस वर्ष देखि उनि एक्लै घर बस्दै आएका छन् । खेतीपाती , पशुपालन उनले एक्लै धान्दै आएको बताउँ छन् । कोही छोरा बुटवल कोही अन्य ठाउँमा बुहारी सहित लिएर बसको र आफुले एक्लै घर धानेको बताए । खै आफुहरुलाई पनि यसरी नै कसैले मार्ने हुन कि भन्ने डर लाग्न थाल्यो उनले भने गुहार दिन कोही छैन् । दुख विमारको वेला पानी दिने कोही हुन्न ? भन्ने प्रश्नमा उनले आकाश तर्फ औंला देखाउँदै भने छन माथी ईस्वर । गाउँमा युवाहरु नहुँदा जोत्ने मान्छे अन्य गाउँबाट मगाउने गरिएको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D