भक्तपुरमा स्कार्पियो रुखमा ठोक्कियो, गुल्मीका चार युवा घाइते

काठमाडौं, जेठ २३ । भक्तपुरको दुधपाटीबाट तीव्रगतिमा सल्लाघारीतर्फ गइरहेको बा १४ प ६३२९ नम्बरको स्कार्पियो सैनिक आवासीय महाविद्यालय अगाडि दुर्घटना हुँदा गुल्मीका चार जना घाइते भएका छन्।

बिहीबार बिहान करीब ३ः०० बजे सडक किनाराको रुखमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गुल्मी घर भई हाल नयाँबानेश्वर बस्ने २३ वर्षीय गाडी चालक राजन कुँवर, चालकको सिटसँगै बस्ने गुल्मी घरभई हाल कोटेश्वर बस्ने २४ वर्षीय सुन्दर बस्याल, २० वर्षीय रिसव खत्री र २० वर्षीय अमन केसी घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

घाइते चारै जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । घटनालगत्तै सैनिक आवासीय माविका सैनिकले घाइतेको उद्धार गरेका थिए।

घाइतेमध्ये सुन्दरलाई गम्भीर चोट लागेको छ। स्कार्पियो अगाडिको भागले च्यापिएका सुन्दरलाई निकाल्न ढोका नै काट्नु परेको प्रत्यक्षदर्शी भक्तपुर अस्पतालका एम्बुलेन्स चालक कृष्णराम कोजुले जानकारी दिए।

तीव्र गतिमा हुँइकिएको स्कार्पियोले सल्लाघारीबाट दुधपार्टीतर्फ आउँदै गरेको बा२ज २७८९ नंको ट्याक्सीलाई समेत ठक्कर दिँदा ट्याक्सीको अगाडि भागमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D