बोवाङमा मिनी ट्रक दुर्घटना, ३ जना घाइते

हेम विश्वकर्मा
बुर्तिबाङ, ३१ बैशाख । ढोरपाटन नगरपालिकाको बोबाङ बाट ढोरपाटन जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । बा २ ख ७७६१ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो ।

घाइते हुनेहरुमा बोबाङ निवासी पार्वति बि.क , दान बहादुर बि.क र बल बहादुर बि.क रहेको इलाका प्रहरी कार्यलय बुर्तिबाङले जनाएको छ । उनिहरुको अहिले प्राथमिक स्वास्थय केन्द्र बुर्तिबाङमा उपचार भइरहेको अस्पताल श्रोतले जनाएको छ । घाइतेहरुको अबस्था खासै गम्भिर नभएको पनि बताइएको छ ।

दिउँसोपख परेको अबिरल बर्षाका कारण बाटो चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । ट्रक चालकसँग संपर्क हुन नसकेकाले यकिन भने हुन सकेको छैन । अहिले दुर्घटना भएको स्थान तर्फ प्रहरी टोली गैसकेको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख ओम प्रकास यादबले जानकारी दिनुभएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D