gulminews logo
बिहीबार, २०८१ बैशाख १३

बैकुण्ठ रायमाझी र प्रीती आलेको “मायाको फुर्लुङ” सार्वजनिक: दुर्गेश र अन्जलीको दमदार अभिनय (भिडियो सहित)

सन्जु काउछा
असोज १७ । गायक बैकुण्ठ रायमाझीको नयाँ गीत सार्वजनिक भएको छ । नेपाली लोक सांगितिक क्षेत्रकी चर्चित गायिका प्रिती आलेसँग संयुक्त आवाजमा गायक रायमाझीको “मायाको फुर्लुङ…” बोलको गीत सार्वजनिक भएको छ । सुमन श्रापितको शब्द सिर्जनामा तयार भएको गीतमा संगित गायक रायमाझीकै रहेको छ ।

चर्चित सर्जक बिबी अनुरागीले संगीत संयोजन गरेको गीत सेरोफेरो नेपाल नामक युटुब च्यानलबाट सार्वजनिक भएको हो । प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । पछील्लो समयका नेपाली म्युजिक भिडियोका अत्यन्तै ब्यस्त मोडलद्वय दुर्गेश थापा र अन्जली अधिकारीको अभिनय रहेको भिडियो भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टले गरेका छन् ।
नवराज उप्रेतीले छाँयाङ्कन गरेको भिडियो को सम्पादन बिष्णु शर्माले गरेका हुन् ।

गुल्मीको मुसिकोटमा जन्मिएका गायक रायमाझी बिगत केही बर्ष देखी बिदेशी भुमिमा रहेपनी गीत संगितलाई निरन्तरता दिँदै आएका छन् ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D