gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

बेलायतबाट गुल्मीका काउचा परिवारले गर्यो गाँउको स्कुलमा अक्षयकोष प्रदान

लण्डन, फागुन ११ । बेलायतका समाजसेवी ओम थापा काउचाको परिवारले नेपालको गुल्मी जिल्ला चन्द्रकोट ६ स्थित झापक प्राथमिक विद्यालयमा स्थापना गरेको ‘सुवेदार स्व. त्रिलोक सिंह तथा शिवकला काउचा शैक्षिक अक्षयकोष’ मार्फत पुरस्कार वितरण गरिएको छ ।

विद्यालयको २८ औँ बार्षिकोत्सबको अवसर पारेर अक्षयकोष मार्फत पुरस्कार वितरण सँगै निवर्तमान प्रधानाध्यापक पुष्पराम शर्मालाई विदाई कार्यक्रम सम्पन्न गरिएको हो ।

२०६३ सालमा स्थापना भएको यस अक्षयकोषले हरेक बर्ष उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गर्दै आएको छ । यसपटक १४ औँ बर्षको अवसरमा विद्यालयमा सबैभन्दा राम्रो अंक प्राप्त गर्ने दलित गरिव विद्यार्थी, सबैभन्दा उच्च अंक प्राप्त गर्ने विद्यार्थी, सबैभन्दा आर्थिक स्तर कमजोर भएका विद्यार्थीलाई नगद सहित पुरस्कार गरिएको थियो भने स्कुलका सबै विद्यार्थीहरुलाई कलम कापी र मिठाई सहितको मायाको पोको समेत प्रदान गरिएको थियो ।

झापक प्राथमिक विद्यालय सुवेदार स्वर्गिय त्रिलोक सिंह काउचाको नेतृत्वमा २०१४ सालमा स्थापना भएको बताइन्छ । चन्द्रकोट गाउपालीका कै पहिलो स्कुल मानिने यस विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई प्रोत्साहन गर्ने उद्धेश्य सहित अक्षयकोष स्थापना गरि पुरस्कार वितरण गर्ने गरिएको अक्षयकोषका प्रमुख संयोजक ओम थापा काउचाले बताए ।

काउचा परिवारहरूले संयुक्त रूपमा आमा शिवकला काउचाको देहान्त पश्चात २०६३ सालमा स्थापना गरेका हुन् । ‘आफ्नो जन्मभूमी र त्यस माटोको निम्ती केही गर्नुपर्छ भन्ने हेतुले र गाँउका गरिव दुःखीहरूलाई पनि शिक्षा तर्फ आकर्षित गर्ने उद्धेश्यले उक्त अक्षयकोष स्थापना गरिएको हो’, थापाले लण्डन नेपाल न्यूजलाई भने, ‘अक्षयकोषमा राखिएको रकमबाट आउने ब्याजले हरेक बर्ष बार्षिकोत्सबको अवसरमा सम्मान गर्दै आएका छौँ।’

काउचा परिवारको तर्फबाट कान्छा भाई भुपू सुबेदार मेजर (हनेरी क्याटेन) खिम बहादुर काउचाको उपस्थितीमा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि काउचाले सबै विद्यार्थीहरुलाई लगाव दिएर पढ्न आग्रह गर्दै उज्जवल भविष्यको कामना गरे । कार्यक्रममा विद्यालयका अध्यक्ष हेमलाल श्रीसले देश तथा बिदेश जहाँ रहेतापनि आफ्नो गाँउठाँउ प्रति गरेको माया प्रति आभार व्यक्त गरे । त्यसैगरी प्रधानध्यापक सुमीत्रा पुनले पनि धन्यवाद दिदै आगामी दिनमा पनि यसप्रकारको साथ दिन आग्रह गरिन् ।

काउचा परिवार ।

विदा भएर जान लागेका निवर्तमान प्रधानाध्यापक पुष्पराम शर्माले विद्यालयमा लामो समयसम्म सेवा गर्न पाउँदा गौरव महशुस भएको बताए । गुल्मी जिल्ला समाज यूकेका संस्थापक अध्यक्ष रहेका ओमप्रकाश थापा काउचा यूके प्रथम नौमती बाजा गुल्मीका प्रमुख संयोजक समेत छन् । बेलायतमा बाक्लो नेपाली बस्ती भएको ग्रेटर रसमोर नेप्लीज क्यमुनिटीका पूर्व अध्यक्ष रहेका उनको योगदान निकै ठूलो छ ।

मगर संघ एसोसियसनका विभिन्न कार्यक्रममा हुने पूजाआजामा पनि सरिक भइ सहयोग पुर्याउने गरेका थापाले दुःखी गरिबको लागि सधै प्रेरणाको भावनाले काम गर्छन । अपाङ्गता भएका व्यक्तिहरुलाई च्यारीटि गरी आशा अपाङ्ग केन्द्र लगायत विभिन्न व्यक्ति तथा संघसंस्थालाई सहयोग समेत गरेका उनी भन्छन्ः समाजसेवा गर्न पाउँदा खुशी लाग्छ, ‘मेरो सानो सहयोगले पनि कसैको घरमा चुल्हो बल्छ र पेट भरिन्छ भने म किन पछिपर्ने ?’
-लण्डन नेपाल न्युज डटकमबाट

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D