बुटवलबाट गुल्मी आउँदै गरेको जिपमा पहिरो खस्दा १ को मृत्‍यु, अर्को एक स्कर्पियो पनि पहिरोमा

गुल्मी, भदौ २७ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-३ दोभान हेडबक्स नजिकै माथिबाट खसेको पहिरोले शुक्रबार दुई वटा जिप पुर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बुटवलबाट गुल्मी आउँदै गरेको लु.१.ज २६१७ नंको जिपमा पहिरो खस्दा क्षति पुगेको छ । गुल्मी छापचौर बस्ने चालक कमल सुनारको घटनास्थलमै मृत्यु भएको छ ।

दोभान प्रहरी चौकीका अनुसार दुई सवारीसाधनबाट ६ जना घाइते भएका हुन् । तानसेनतर्फबाट बुटवल हिँडेको लु २ च ५९३८ जिपमा रहेका चालक समेत तीन जना सामान्य चोटपटक लागेको छ ।

उनीहरु उपचारपपिछ फर्किसकेका छन् । यस्तै बुटवलबाट गुल्मी हिँडेको लु १ ज २६१७ नम्बरको जिपमा यात्रा गरेका चार जना घाइते भएका छन् । बुटवलबाट गुल्मीको कालीगण्डकी गाउँपालीका छापचौर हिँडेको जिपमा चालकसमेत १३ जना थिए । जसमा आठ जनालाई केही नभएको प्रहरीले जनाएको छ ।

चार जनाको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्गमा सुचारु भएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D