सन्जु काउछा
मे १७ । गायक सन्तु थापाको नयाँ लोक गीत सार्वजनिक भएको छ । नेपाली लोकसंगितमा दिनप्रतिदिन चर्चा कमाईरहेका लोकगोदोहोरी गायक थापाको नयाँ गीत “परदेशीको पिडा” सार्वजनिक भएको हो ।
गुल्मी रेसुङ्गा म्युजिक प्रालिको प्रस्तुती रहेको गीत गायक थापाको आफ्नै आधीकारीक युट्युब च्यानल मार्फत शुक्रबार बेलुका देखी बजारमा आएको हो ।
गोबिन्द खरालको शब्द तथा संगित रहेको गीतको संगित संयोजन भने कमल सौरागले गरेका छन् ।
बिदेशिनु नेपाली युवाहरुको रहर हैन बाध्यता हो भन्ने मर्म बोकेको गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । प्रकाश भट्टले निर्देशन गरेको भिडियो राजेश घिमिरेले खिछेका हुन् । भिडियो नेपालका अलावा जापानमा पनि खिचिएको छ । जापानमा संगम प्रकाश कुँवरले भिडियो खिचेका हुन् ।
बिष्णु शर्माको सम्पादन रहेको भिडियो साई भिजन प्रालीको पोस्ट प्रोडक्सनमा तयार भएको हो ।
झन्डै १० वर्षदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय रहंदै आएका गुल्मेली गायक सन्तुले अहिलेसम्म झण्डै २ दर्जन जती गीत सार्वजनिक गरिसकेका छन् । उनले परम्परागत झ्याउरे, रोइला, कौडा, सोरठीदेखि लोकदोहोरी, तीजगीत, लोकपप र आधुनिक गीत समेतमा आफ्नो आवाज भरिसकेका छन् ।
आफ्ना केहि गीतहरुको म्युजिक भिडियो आफैले निर्देशन गरेका उनले एक झ्याउरे गीतमा आफै अभिनय पनि गरेका छन् । सांगीतिक यात्राकै शिलशिलामा युके, दुबई, मलेसिया, थाईल्याण्डसम्म पुगेका सन्तुले भारतका र नेपालका विभिन्न ठाउंमा त थुप्रै कार्यक्रमहरु गरिसकेका छन् ।