gulminews logo
बिहीबार, २०८१ बैशाख १३

बिदेशबाट फर्केर भैँसी पालन: दुध बेचेर माहिनामा ५० हजार, सुन्तला बेचेर बर्षमा डेढ लाख रुपैँया

अनिल खत्री
११ भदौ, गुल्मी । रोजगारीको शिलसिलामा युवा विदेश पलायन हुने क्रम रोकिएको छैन् । तर गुल्मीमा केही यस्ता युवा पनि जो स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भनेर कम्मर कसेर लागि परेका छन् ।

स्वदेशभित्रै पनि अथाह सम्भावना छ भनेर केही युवा अहिले समाजमा उद्धाहरणीय पात्र बन्न थालेका छन् । यस्तै मध्ये गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ का तोयनारायण पाण्डे एक हुन् । बैदेशीक रोजगारिको शिलसिलामा पाण्डे १४ वर्षको उमेरमा भारत गएका थिए । भारतमा पनि कमाइ नभएपछि मलेशिया र कतारमा ९ वर्ष जति बसेर फर्किएका हुन् । उमेरको झण्डै २५ वर्ष प्रदेशमा बिताएका पाण्डेले कुनै प्रगति नभएपछि कृषि पेसामा हात हालेका हुन् ।

बिदेश कमाइले उल्लेख्य प्रगति नभएपछि कृषि पेसातर्फ लागेको उनले बताए । निर्वाहमुखि कृषिलाई व्यवसायिक तरिकाले गर्ने सोचले भैँसी पालनबाट पेसालाई व्यावस्थि तगर्दै आएका छन् । पाण्डेले विदेशबाट फर्केपछि शुरु गरेको व्यवसायिक भैँसीपालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । बिदेशमा धेरै दुखः कष्ट गरेर कमाइले कुनै प्रगति गर्न नसकेपछि पाण्डेले आफनै घरमा २ वटा भैँसीबाट सुरु गरेको दुग्ध व्यवसाय भैँसीपालनबाट मासिक ५० हजार रुपैयाँ भन्दा वढि आम्दानी हुन थालेको छ ।

पाण्डेको फममा ४ वटा दुध दिने भैँसी छन् । एउटा भैसीले कम्तिमा पाँच लिटर भन्दा वढि दूध दिन्छन् । हाल दैनिक २० लिटर दुध उत्पादन हुन्छ । उक्त दूध तम्घास बजार लगेर आफैले बेच्ने गरेको उनको भनाई छ । भैँसीको दुधको प्रति लिटर ९० रुपैयाँ पर्दछ भने माग पनि बजारमा धेरै छ । थोरै लगानीबाट व्यावसायिक भैँसीपालन शुरु गर्नुभएको तोयनारायण पाण्डेले एक वर्ष भित्र १० वटा भैँसी पुर्याउने लक्ष्य रहेको बताए । कतैबाट सहयोग नभएको र भैँसी थप्ने योजना भएपनि लगानीको समस्याका कारणले बिस्तारै बढाउने बताए ।

भैँसी पालनसँगै सुन्तला खेती पनि गरेका छन् । उनले सुन्तला मात्रै बेचेर बार्षिक डेढलाख कमाई गर्ने गरेको बताए । कृषि पेसाबाट भएको आम्दानीबाट ३ जना छोराछोरीलाई पढाउन र घरखर्च गर्न समस्या नपरेको उनको भनाई छ । प्रदेशमा गर्ने मेहनतले घरमै भैँसी पालेर दैनिक दूध, दही खान पाइने र राम्रो आम्दानी पनि गर्न पाइने भएकाले यसपेसा तर्फक आर्कर्षित छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D