gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

बिकेनन् गुल्मीका घ्यु र छुर्पी: क्विण्टलका क्विण्टल स्टकमा, अब उत्पादन हुने सामान राख्ने ठाउँ छैन

गुल्मी, फागुन १२ । गुल्मीको रुरु गाँउपालिका बलेटक्सार सेरोफेरोका कृषकले उत्पादन गरेको दुधबाट उत्पादित घ्यु, छुर्पी लगायतका उत्पादनहरुले बजार पाउन सकेका छैनन् ।

पछिल्लो समय स्थानिय तह लगायत बिभिन्न संघ संस्थाहरुले कृषिमा प्रोत्साहन गरे पछि युवा बिशेष गरेर दुध उत्पादनको लागि पशुपालनमा आकर्षित भए । त्यसपछि दुध उत्पादन बढ्यो । उत्पादित दुध सदरमुकाम तम्घास र स्थानिय बजारमा बिक्री हुने गरेको छ ।

स्थानीय कृषक ब्यवसायिक पशुपालक कृषि फर्मबाट ईश्वर डेरिले दैनिक करिब ७५० लिटर दुध संकलन गर्छ । जसमध्ये दैनिक २५० लिटर तम्घास १५० लिटर स्थानिय बजार बिक्री हुन्छ । बाँकी दुधको दहि, पनिर, बटर, कुराउनी, घ्यु र छुर्पी उत्पादन हुन्छ । यसरी उत्पादन भएको घ्यु र छुर्पीले बजार नपाएको डेरी संचालक नर्जन श्रेष्ठले बताउनु भयो ।

अहिले डेरीसंग १५-१६ क्विन्टल छुर्पी, १५-१६ क्विन्टल घ्यु स्टक रहेको र अब उत्पादन हुने घ्यु र छुर्पी स्टोर गर्ने ठाँउ समेत नभएको श्रेष्ठले बताउनु भयो । अहिले बजारमा १ हजार रुपैँया प्रति किलो घ्यु र छुर्पीको मुल्य छ । नेपाल डेरी एशोसीएसन गुल्मीका अध्यक्ष एबं गौरब दुग्ध डेरीका संचालक रबी पन्थले भने बजारमा कहि दुध, दहि, पनिर, बटर, कुराउनी, घ्यु र छुर्पी नपुगेको कहि बजारको समस्या रहेकोले, बजार ब्यवस्थापन समस्या भएको बताउनु भयो ।

ईश्वर डेरिको केहि उत्पादन अफूले बिक्री गरिदिएर केहि सहयोग गरेको समेत अध्यक्ष पन्थले दावी गर्नुभयो । गुल्मीको रुरुक्षेत्र गाँउपालिका अध्यक्ष निलकण्ठ गौतमले बजारको समस्या समाधानको लागि गाउँपालिका क्रियासिल भएको र केहि दिन भित्रै समस्या समाधान हुने बताउनुभयो ।

केहि दिन भित्रै बजारको समस्या समाधान नभए बलेटक्सार सेरोफेरोका कृषकले उत्पादन गरेको दुध के गर्ने ? कृषिमा प्रोत्साहन के होला ? बिशेष गरेर युवा, दुध उत्पादनको लागि पशुपालनमा आकर्षित भएका उनीहरु के गर्लान ? छिटो समाधान खोज्नुको बिकल्प छैन तर यि प्रश्नहरु अहिलेसम्म अनुत्तरित नै छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D