gulminews logo
बुधबार, २०८१ बैशाख १२

बिकट निकट बन्दै: शान्तिपुरमा नयाँ अस्पताल खुल्यो, मन्त्रीले गरे उद्गघाटन

गुल्मी, २७ कार्तिक । गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरमा सि एन्ड सि स्वास्थ्य सेवा प्रालि संचालनमा आएको छ । स्वास्थ्य सेवा प्रालिको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले उद्गघाटन गरे । सोही क्रममा बोल्दै मन्त्री थारुले आजका दिनदेखि नै यो अस्पतालले नागरिकमा भर्ने आशा र बिश्वास नै सँस्थाको भोलिको जीवन र ब्यावसायिक सफलता भएको बताए ।

अहिलेसम्म तिनै तहका सरकारले पुर्वाधार निर्माणसगै स्वास्थ्यका क्षेत्रमा विभिन्न काम गरिरहेकाले अब निशुल्क र सर्भसुलभ भनिएका सेवालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए । उनले निजी सामुदायिक र सरकारी अस्पतालहरुको साझेदारीमा बिकटलाई निकट बनाउनुनै आफुहरुको उदेश्य भएकाले संगै मिलेर काम गर्न आग्रह गरे ।

त्यस्तै पुर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले नागरिकको आधारभुत स्वास्थ्य सेवाको सुबिधालाई थप मजबुत गर्न निजि र सामुदायिक स्वास्थ्य सँस्थालाई प्रदेश सरकारले हतोतसाहित नगरेर सधै प्रोत्साहन गर्ने बताए । साथै उनले स्वास्थ्य सस्था अरु व्यावसाय जस्तो नभएकाले नेपाल सरकारको अधिनमा रहेर सेवालाई थप नागरिकमैत्री बनाउन आग्रह गरे । त्यस्तै चन्द्रकोट गाउँपालिमा उपप्रमुख राधिका अर्यालले स्वास्थ्य सेवा प्रालि र स्थानीय तहबिचको समन्वय मार्फत स्थानीय जनतालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने बताइन् । उनले युवा उधमीहरुले चन्द्रकोट र बाग्लुङका नागरिकको भावनालाई बुझेर संचालन गरेको स्वास्थ्य सेवा प्रालिले सामान्य रोगको परिक्षण र एक्सरे गर्न पाल्पा बुटवल पुग्ने बाध्यता हट्ने बिश्वास ब्यक्त गरिन ।

ग्रामीण भेगका नागरिकलाई सर्वसुलभ स्वास्थ सेवा प्रदान गर्ने उदेश्यले स्वास्थ्य सेवा प्रालि संचालन गरिएको सँस्थाका अध्यक्ष होम बहादुर पल्लीले जानकारी दिए । अझै पनि ग्रामीण भेगका नागरिक विभिन्न अन्धबिश्वासको कारण रोग लुकाएर र रोगको पहिचान नभएर ज्यान गुमाउँदै आएको सन्दर्भ उल्लेख गर्दै त्यसको विकल्पको रुपमा सि एन्ड सि स्थापना भएको पल्लीले बताए ।

स्वास्थ्य सेवा प्रालिले २४ सै घन्टा डाक्टर सहितको इमर्जेन्सी सेवा, डिजिटल एक्सरे र अत्याधुनिक प्रयोगशालासहितको सेवा प्रदान प्रदान गरिने सस्थाका सचीव घनश्याम गौतमले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D