बालिका बलात्कारको अभियोगमा गुल्मीका रायमाझीलाई बेलायतमा ९ वर्ष जेल सजाँय

लण्डन, २५ फेब्रुअरी । बालिका बलात्कारको अभियोगमा बेलायतमा एक जना नेपालीलाई ९ वर्षको जेल सजांय भएको छ ।

बेलायतको साउथ योर्कशायरस्थित बार्स्नलीमा बस्दै आएका गुल्मीका ४४ वर्षीय दिलबहादुर रायमाझीलाई उक्त सजांय भएको बेलायतबाट सन्चालित अन्लाईन नेपाली पत्रले खबर छापेको छ ।

१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बेलायतको सेफिल्ड क्राउन कोर्टले फेब्रुअरी १ तारिखका दिन उनलाई दोषी ठहर गर्दै जेल सजांय सुनाएको स्थानीय बार्स्नली क्रोनिकलले जनाएको छ ।

रायमाझीको स्थायी घर गुल्मी जिल्लाको कुर्घामा रहेको बुझिएको छ । उनी झन्डै डेढ दशक अघि नै बेलायत आएका हुन् । उनका श्रीमती र २ छोरी समेत उनीसंगै बेलायतमै बस्दै आएका थिए ।
सन् २०१२ देखि २०१६ सम्ममा बलात्कार र यौनजन्य हिंसाहरु गरी ५ वटा अपराधमा उनी संलग्न रहेको अभियोग लगाइएको थियो । दोभाषेको साथमा अदालतमा उपस्थित रायमाझीले भने आफुमाथि लगाइएको अभियोगहरुलाई अस्वीकार गरेका थिए ।

रायमाझीलाई ९ वर्षको जेल सजांय भएपछि बेलायतमा बालबालिका संरक्षणको क्षेत्रमा काम गर्ने एक च्यारिटी एनएसपिसिसीले उनको घृणित कार्यको लागि सहि सजांय भएको प्रतिक्रिया दिएको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D