gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

फिन्ल्यान्ड, स्विडेन र नर्वेमा नेपाली दुतावासको घुम्ती सेवा

हेल्सिन्की, ०९ जुलाई । नेपाली दुताबास डेनमार्कले फिन्ल्यान्ड, नर्वे र स्विडेनमा बसोबासरत नेपालीहरुका लागि ७ दिने घुम्ती शिविर सन्चालन गरेको छ । जुलाई २ तारिख शनिबार देखी शुरु भएको शिविर स्विडेनमा २ दिन र फिन्ल्यान्डमा ३ दिन सन्चालन भईसकेको छ भने नर्वेमा २ दिन सन्चालन हुनेछ ।

जुलाई ४ देखी ६ सम्म फिन्ल्यान्डको राजधानी हेल्सिन्कीमा सम्पन्न शिविरमा करिब २०० जनाले राहदानी आवेदन दिएको नेपाली दुतावास डेनमार्कले जानकारी दिएको छ ।

नेपाली दूतावासको कार्यक्षेत्रका मुलुकमा गइ त्यहाँ रहेका नेपालीहरूलाई राहदानी लगायतका सेवा प्रदान गर्ने योजना अनुरूप घुम्ती सेवा उपलब्ध गराईएको दुतावासका कार्यवाहक राजदुत तिर्थराज अर्यालले बताउनुभयो । शिविरमा दुतावासले नयाँ आवेदन प्रत्यक्ष दर्ता, नविकरण, पुरानो आवेदन मार्फत तयारी राहदानी बितरण, वारेस नामा, भिषा जारी तथा परामर्श सेवा प्रदान गरेको अर्यालले जानकारी दिनुभयो ।

“विद्युतीय राहदानी (ई-पासपोर्ट) आवेदनको लागि तयार पारिएको मोबाईल किट मार्फत सेवा सन्चालन गरेका छौ”, अर्यालले भन्नुभयो, ” सेवाग्राही उच्च चापको बावजुत पनि सबैलाई सेवा प्रवाह गर्न सफल भयौँ ।” नेपालमा विद्युतीय राहदानीका लागि आवेदन दिनका लागि सम्भवतः पहिलो पटक सञ्चालित घुम्ती सेवामा छिटफुट रुपमा सामान्य समस्या आए पनि नेपाल स्थित राहदानी बिभागको समन्वयमा तथा प्राविधिक सहयोगमा समस्या समाधान गर्दे सेवा सन्चालन गरिएको थियो ।

दुतावासले आफुहरु भएकै ठाउँमा आएर सेवा दिएकोमा सेवाग्राहीहरु पनि खुशी देखिन्थे । घुम्ती सेवाले यहाँका नेपालीलाई धेरै सहज बनाएको र स्थानिय रुपमा दुतावाससँग समन्वय गरेर सेवा प्रदान गर्ने कार्यमा जोडीन पाउँदा आफुहरुलाई पनि खुशी लागेको फिन्निश-नेपाली समाजका अध्यक्ष नबिन भट्टराईले जानकारी दिनुभयो । शिविरमा कार्यवाहक राजदुत अर्याल उपस्थित भएर सेवा प्रदान गर्नुभएको थियो भने फिन्ल्यान्डमा स्थानिय रुपमा फिन्निश-नेपाली समाज र एनआरएन फिन्ल्यान्डले समान्वय गरेका थिए । फिन्ल्यान्डका लागि छुट्याईएको ३ दिन मध्य १ दिन अन्तर्कृयाको लागि छुट्याईएको भए पनि सेवा सेवाग्राहीको अत्याधिक चापका कारण ३ नै दिन राहदानी, वारेसनामा तथा परामर्श सेवा प्रदान गरिएको थियो ।

यस पटक नयाँ आवेदन दिनु पर्ने, पुरानो राहदानीको म्याद १ वर्ष भन्दा कम हुन गइ नविकरण गरिसक्नुपर्ने भएका, हराएका र सच्याउनुपर्ने जस्ता अत्यावश्यक सेवालिनुपर्नेहरुलाई प्राथमिकता साथ सेवा प्रदान गरिएको थियो भने सेवाग्राहीहरुको सुविधालाई ध्यान दिई आगामी दिनमा सकभर नियमित रुपमा फेरी घुम्ती सेवा सन्चालन गर्ने दुतावासले जनाएको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D