gulminews logo
शुक्रबार, २०८१ जेष्ठ ४

बागलुङको बडिगाड गाउँपालिकामा सुत्केरीको हेलिमार्फत उद्धार अहिले अवस्था सुधारोन्मुख

कमल पौडेल
१९ अससोज
बडिगाड, बागलुङको बडिगाड गाउँपालिका वडा नं. ८ भिर नेपाने की ३७ वर्षीया सुत्केरी महिलालाई अत्याधिक रक्तश्राव तथा वच्चाको स्वास्थ्य असामान्य भएको कारण समस्या भएपछि हेलिकप्टरबाट उद्धार गरि पोखराको गण्डकी अस्पतालमा पुर्याइएको छ ।

हेलिकप्टर मार्फतउद्धार हुँदै गरेको सामाजिक सञ्जालबाट

सनिवार राति ३ बजे घरमै १ बच्चा र विहान ७ बजे बाटोमा अर्को वच्चा जन्माएकी खगि विकको सालनाल नभएपछि परिवारले धामि बोलाएर उपचार गरिरहेको भन्ने स्वास्थ्य कर्मिहरुले थाहा पाएपछि बडिगाड गाउँपालिकाको पहलमा स्वास्थ्य संस्था पुर्याइएको थियो। १२ सय ग्राम तौल भएका दुइ वच्चा आइतवार अवेर सम्म नावि काटिएको थिएन, बडिगाड गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक चुडामणि कँडेलले भन्नुभयो “तर वच्चा कसरी जिवित रहे, समयमै स्वास्थ्य चौकी आएको भए हेलिकप्टर मगाउनु पर्ने थिएन, आमा र वच्चाको अवस्था असामान्य भएपछि, हेलिकप्टर मगाएर पोखरा पुर्यायौं, अहिले आमा को अवस्था सुधार आएको र वच्चाको एनआइसियुमा भर्ना गरिएको र अवस्था स्थिर रहेको छ।”

दुर्गममा रहेका महिलाहरुको ज्यान बचाउने उद्धेश्यले सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा विकको उद्धार गरिएको हो।

पहाडि जिल्ला र उपयुक्त स्वास्थ्य सेवाको अभावको कारण जटिल मातृ स्वास्थ्य सम्बन्धि समस्या भएका महिलालाई हेलिकप्टर बाट उद्धार गरि अन्यत्र लैजानुपर्ने वाध्यता रहँदै आएको छ।

सो उद्धारमा जलजला स्वास्थ्य चौकी सहित, बडिगाड गाउँपालिकाको कार्यालय, स्वास्थ्य शाखा, गाउँपालिका अध्यक्ष लगाएतको समन्वयकारी भुमिका रहेको र समयमै उद्धार गरिएको वडा अध्यक्ष प्रेम गलामीले जानकारी दिनुभएको छ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D