कमल पौडेल
०५ असोज, बागलुङ । बागलुङको गल्कोट नगरपालिका ११ रिघा की २५ वर्षीया सुत्केरी महिलालाई अत्याधिक रक्तश्रावको कारण समस्या भएपछि हेलिकप्टरबाट उद्धार गरि पोखराको गण्डकी अस्पतालमा पुर्याइएको छ ।

सुत्केरी बेथा लागेपछि आइतवार राति रिघा स्वास्थ्य चौकी पुगेकी गौरी श्रीसको रातको १ बजे बच्चा जन्मिएको थियो। तर अत्याधिक रक्तश्राव संगै ज्वरो र वोमिट समेत भएपछि श्रीसलाई तत्कालै पोखरा रिफर गरिएको रिघा स्वास्थ्य चौकी प्रमुख एच.ए. लक्ष्मी घर्ति श्रीसले जानकारी दिनुभएको छ।
दुर्गममा रहेका महिलाहरुको ज्यान बचाउने उद्धेश्यले सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा श्रीसको उद्धार गरिएको हो।

पहाडि जिल्ला र उपयुक्त स्वास्थ्य सेवाको अभावको कारण जटिल मातृ स्वास्थ्य सम्बन्धि समस्या भएका महिलालाई हेलिकप्टर बाट उद्धार गरि अन्यत्र लैजानुपर्ने वाध्यता रहँदै आएको छ।
सो उद्धारमा रिघा स्वास्थ्य चौकी सहित, गल्कोट नगरपालिका स्वास्थ्य शाखा, प्रदेश सांसद, मुख्य मन्त्रिका राजनैतिक सल्लाहकार, नेपाल कम्युनिष्ट पार्टी लगाएतको समन्वयकारी भुमिका रहेको र समयमै उद्धार गरिएको वडा अध्यक्ष डम्वर श्रीसले जानकारी दिनुभएको छ।