gulminews logo
शुक्रबार, २०८१ जेष्ठ ४

बडिगाड गाउँपालिकाका बिद्यालयहरुमा दिवा खाजा शुरु

कमल पौडेल
खर्वाङ, ०१ पौष । बडिगाड गाउँपालिका भित्रका सवै सामुदायीक विद्यालयहरुमा कक्षा ५ सम्मका वालवालिकाहरुलाई दिवा खाजा बुधवार देखि सुरु भएको छ ।

नेपाल सरकारको वार्षिक कार्यक्रम अनुसार चालु आर्थिक वर्षको श्रावण देखि नै कार्यक्रम सुरु हुने भनिएपनि कोभिड १९ को प्रभावका कारण विद्यालय नियमित भएसँगै पौष १ गते देखि निशुल्क खाजा सुरु गरिएको हो । १० वर्ष भन्दा मुनिका वालवालिकाहरुलाई कुपोषणबाट वचाउँदै शैक्षिक गुणस्तर वृद्धि गर्न भन्दै चालु आर्थिक वर्ष देखि नेपाल सरकारले देशैभरका सामुदायीक विद्यालयका वालवालिकालाई दिवा खाजा सुरु गर्ने घोषणा गरेको थियो ।

स्थानिय उत्पादनमा आधारीत पोषण युक्त खाजा वालवालिकाहरुलाई उपलब्ध गराउन प्रतिविद्यार्थी, प्रतिदिन १५ रुपैया बजेटको व्यवस्था सरकारले गरेको छ । गाउँपालिकाले परिपत्र गरेसंगै विद्यालयहरुले आज बुधवार देखि विद्यार्थीहरुलाई निशुल्क खाजा खुवाउन थालेका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D