Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
बडिगाडमा वडा टोलमै पुगेर पशु सेवा शिविर सञ्चालन - Gulminews

बडिगाडमा वडा टोलमै पुगेर पशु सेवा शिविर सञ्चालन

कमल पौडेल
बागलुङ, १५ माघ । बडिगाड गाउँपालिका वडा नं. ४ जलजलामा एक दिने नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । बडिगाड गाउँपालिका पशु सेवा शाखाको आर्थिक वर्ष २०७७-७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सो शिविर सम्पन्न भएको हो । सो कार्यक्रममा वडा नं. ४ का अध्यक्ष प्रेम गलामीले टोल टोलमा पुगेर गरिने शिविरले आम कृषकहरुले राहत महसुस गरेको बताउनु भएको छ ।

कार्यक्रममा पशुसेवा शाखाका प्रमुख बसन्त गौतम, वडा सदस्य प्रेम बहादुर श्रीस, वडा सचिव ओम बहादुर रेश्मी लगाएतले बोल्नुभएको थियो। शिविरमा १ सय ९३ कृषकहरुले लाभ लिएका छन्। जसअनुसार ७ सय ६० गाइभैंसि र २ हजार १ सय ७६ बाख्रा तथा ३ हजार बढि कुखुरा लगाएत पंछिको लागि निशुल्क औषधि तथा सेवा प्रदान गरिएको पशु सेवा प्रमुख गौतमले जानकारी दिनुभएको छ। सो शिविरमा प्राविधिकहरु विन्दु छन्त्याल, अनिता थापा, प्रस्ताव केसि, उशा घर्ति लगाएतको सहभागिता रहेको थियो। सो शिविरको उद्घाटन कार्यक्रम कृषि समिति जलजलाका अध्यक्ष झविन्द्र बुढाथोकीको अध्यक्षता, वडा सदस्य दान बहादुर पुनको स्वागत मन्तव्य तथा नायव पशु स्वास्थ्य प्राविधिक प्रस्ताव केसिको सञ्चालनमा सम्पन्न भएको थियो।

बडिगाड गाउँपालिकाले दैनिक पशुपन्छिको औषधि तथा उपचार सेवाको उपलब्धता कम भएको क्षेत्रमा कृषकहरुको पायक पर्ने स्थानमै पुगेर निशुल्क औषधि वितरण, उपचार, बन्ध्याकरण तथा प्राविधिक परामर्श दिने उद्धेश्यले शिविर सञ्चालन गर्दै आएको छ। यसै विच विहिवार वडा नंं १० को दर्लिङमा शिविर सञ्चालन भैरहेको पशु सेवा प्रमुख गौतमले जानकारी दिनुभएको छ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D