gulminews logo
मंगलवार, २०८० चैत्र ६

बडिगाडमा झण्डै ९ सय जेष्ठ नागरिकले कोभिड १९ विरुद्धको खोप लगाए

कमल पौडेल

२९ फागुन, बागलुङ । कोभिड १९ विरुद्ध दोश्रो चरणको खोप कार्यक्रम सञ्चालन भैरहेको सन्दर्भमा वडिगाड गाउँपालिकामा शुक्रवार ९ सय १० जनाले खोप लिएका छन् ।

६५ वर्ष माथिका जेष्ठ नागरिकहरुको लागि सञ्चालन गरिएको खोप कार्यक्रमको पहिलो दिन ४ सय १९ जना महिला र ४ सय ७५ पुरुष गरि ८ सय ९४ जना जेष्ठ नागरिक तथा पहिलो चरणको खोपमा छुट भएका स्वास्थ्य कर्मि, महिला स्वास्थ्य स्वयंसेविका तथा जनप्रतिनिधि गरि १६ जनालाई कोभिड विरुद्धको खोप लगाइएको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि कंडेलले जानकारी दिनुभएको छ। वडिगाड गाउँपालिकामा १ हजार ३ सय ४० डोज खोप आएकोमा वाँकी ४ सय ३० डोज सनिवार लगाउने योजना भएको कार्यालयले जनाएको छ ।

जस अनुसार जेष्ठ नागरिक वाँकी रहेका वडा नं. ३ शिसाखानी, वडा नं. ४ जलजला, वडा नं. ५ ग्वालीचौर, वडा नं. ७ भिमगिठे, र वडा नं. १० दर्लिङमा सनिवार खोप लगाउने कार्य सम्पन्न गर्ने कंडेलले जानकारी दिनुभएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D