gulminews logo
बिहीबार, २०८१ बैशाख १३

बडिगाडमा कसले मार्ला वाजी? अध्यक्षमा ५ जनाको उमेदवारी

कमल पौडेल
१३ बैसाख, बडिगाड । बडिगाड गाउँपालिकाको अध्यक्षको लागि ५ जनाको उमेदवारी परेको छ। नेपाली काग्रेसबाट गण्डकी थापा अधिकारी, नेकपा एमालेबाट राजन कुमार पाइजा, राष्ट्रिय जनमोर्चाबाट अनिल गिरि, राष्ट्रिय प्रजातन्त्र पार्टिबाट मन प्रसाद घर्ति र मंगोल नेशनल अर्गनाइजेसनबाट चुरा बहादुर घर्तिको उमेदवारी परेको हो।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा नेपाली काग्रेसबाटै भिमसेन बन, नेकपा एमालेबाट मिन कुमारी माझी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डिल कुमारी क्षेत्री र स्वतन्त्रबाट यामेन्द्र कुमार घर्तिको उमेदवारी परेको छ। नेपाली काग्रेसबाट पालिका अध्यक्षमा उमेदवारी दिने गण्डकी थापा अधिकारी सत्ता गठबन्धनको उमेदवार हुनुहुन्छ भने गठबन्धनकै तर्फवाट राष्ट्रिय जनमोर्चाका भिमसेन बनले उपाध्यक्षमा काग्रेसकै टिकटबाट उमेदवारी दिनुभएको हो।

त्यस्तै नेपाली काग्रेसका नेता यामेन्द्र कुमार घर्तिले गठबन्धनको विरुद्ध बागि उमेदवारी दिनुभएको हो । त्यस्तै वडा नं. १ को अध्यक्षमा नेकपा एमालेको तर्फवाट दिनेश थापा र राष्ट्रिय जनमोर्चाको तर्फवाट बोम बहादुर थापाले उमेदवारी दिनुभएको छ। वडा नं. २ मा नेकपा एमालेको तर्फवाट ढाल प्रसाद शेरचन, नेपाली काग्रेसको तर्फवाट डिल बहादुर राना र मंगोल नेशनल अर्गनाइजेसनको तर्फवाट विजय श्रीसले उमेदवारी दिनुभएको छ ।

वडा नं. ३ मा नेकपा एमालेको तर्फवाट खड्क बहादुर पुन, नेपाली काग्रेसको तर्फवाट लोकेन्द्र बहादुर घर्ति र स्वतन्त्र उमेदवारको रुपमा लोक बहादुर घर्तिले उमेदवारी दिनुभएको छ । वडा नं. ४ मा नेकपा एमालेको तर्फवाट प्रेम गलामी र नेकपा माआवादी केन्द्रको तर्फवाट मिलन रेश्मी, वडा नं. ५ मा नेकपा एमालेको तर्फवाट विष्णु प्रसाद आचार्य, नेपाली काग्रेसको तर्फवाट रमेश बहादुर घिमिरे, राप्रपाको तर्फवाट शंकर खरेल, मंगोल नेशनल अर्गनाइजेसनको तर्फवाट ससिराम पेमी र स्वतन्त्र उमेदवारको रुपमा ध्रुब बहादुर घिमिरेले उमेदवारी दिनुभएको छ।

वडा नं. ६ मा नेकपा एमालेको तर्फवाट नर बहादुर क्षेत्री र नेपाली काग्रेसको तर्फवाट विर बहादुर खत्रि, वडा नं. ७ मा नेकपा एमालेको तर्फवाट गंगा बहादुर गुरुङ र नेपाली काग्रेसको तर्फवाट दिपेन्द्र प्रताप केसि, वडा नं. ८ मा नेकपा एमालेको तर्फवाट यम बहादुर श्रीस थापा र राष्ट्रिय जनमोर्चाको तर्फवाट जंग बहादुर बलाल थापाले उमेद्वारी दिनुभएको छ। त्यस्तै वडा नं. ९ मा नेकपा एमालेको तर्फवाट पान बहादुर केसि, नेपाली काग्रेसको तर्फवाट कृष्ण बहादुर केसि, राप्रपाको तर्फवाट राजेन्द्र बहादुर क्षेत्री र स्वतन्त्र उमेदवारको रुपमा मुक्त बहादुर श्रीसले उमेदवारी दिनुभएको छ।

त्यस्तै वडा नं. १० बाट नेकपा एमालेको तर्फवाट पुठासिंह बुढाथोकी, नेकपा माओवादी केन्द्रको तर्फवाट बिरेन्द्र कुमार बुढा र राप्रपाको तर्फवाट धन बहादुर बुढाले उमेदवारी दिनुभएको छ। खुल्ला महिला सदस्यमा सवै वडावाट गरि २१ जना, दलित महिला सदस्यमा २१ जना, खुल्ला सदस्यमा ४५ जनाको उमेदवारी परेको छ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D