बडिगाडका शिक्षकहरुको लागी आइ.सि.टि. तालिम, २४ जना शिक्षक सहभागी

कमल पौडेल
बागलुङ, १० जेठ । वडिगाड गाउँपालिका भित्रका आधारभुत तथा माध्यमिक तहका शिक्षकहरुको लागी ५ दिने सुचना सञ्चार, तथा प्रविधि सम्बन्धि आधारभूत तालिम खर्वाङमा सुरु भएको छ।

बडिगाड गाउँपालिका शिक्षा शाखाको आयोजनामा सो तालिम सुरु भएको हो। तालिमको उद्घाटन गर्दै बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले शिक्षक दौडिदा मात्रै विद्यार्थी हिँड्न सक्ने भएकोले समयनिष्ठ, कर्तव्य निष्ठ हुन र लगनशिल हुन शिक्षकहरुलाई आग्रह गर्नुभएको छ।

सिप सिक्न चाहने र प्रविधि प्रयोग गर्न चाहने विद्यालय, शिक्षकहरुलाई गाउँपालिका सहयोग गर्न तयार रहेको भन्दै सिकेको सिपलाई कक्षाकोठामा लागूगर्न आग्रह गर्नुभएको छ। कार्यक्रममा शिक्षा अधिकृत कृष्णराज रेग्मीले कक्षाकोठामा सिकाई प्रभावकारी गराउन आइसिटिको प्रयोग जरुरी रहेको बताउनुभएको थियो।

उद्घाटन कार्यक्रम त्रिभुवन नमुना मावि खर्वाङका प्रधानाध्यापक ढालमणि भण्डारीको अध्यक्षता तथा शिक्षक कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

तालिममा बडिगाड गाउँपालिका भित्रका २४ जना शिक्षकको सहभागिता रहेको छ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D