जनार्दन घिमिरे
गुल्मी, ९ पुस । गुल्मी जिल्लामा संचालन हुँदै आएका रणनीतिक र पर्यटकीय महत्वका दुई दर्जन भन्दा बढी सडकहरु यति बेला अलपत्र अवस्थामा परेका छन् ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत केन्द्रीय सडक विभाग र डिभिजन कार्यालयले आर्थिक वर्ष २०७४÷०७५ सम्म सडक विभाग अन्र्तगत रहेका विभिन्न वहु उपशिर्षकहरु मार्फत सुचारु रहेका ठेक्कापट्टाहरु बजेट अभाव देखिएपछि अलपत्र परेका हुन । डिभिजन कार्यालयले बजेट अभाव देखाउदै निर्माण व्यवसायीहरुलाई सडक निर्माणको काम नगर्न भनि पत्र पठाएको छ ।
केन्द्रिय सडक विभाग र जिल्ला स्थीत डिभिजन कार्यालयले वहु उपशिर्षकहरुमा वजेट नभएको हुँदा विनियोजन ती शिर्षक अन्र्तगतका सडक योजनाहरु नगर्नु नगराउनु भनि निर्माण व्यवसायीहरुलाई पत्र काटेर निर्देशन दिएको छ ।
उक्त योजनाहरु हेर्ने जिम्मेवारी पाएको साविको तम्घास सिमलटारी प्यूठान सडक आयोजना हाल मदन भण्डारी लोकमार्ग योजना कार्यालयमा रुपान्तरण भएको छ । निर्माण व्यवसायीहरुले आर्थिक वर्ष ०७५÷०७६ मा उक्त वहुवर्षीय रणनीतिक महत्वका सडक योजनाहरुको काम पुसको दोश्रो साता शरु हुँदासम्म पनि काम शुरु गर्न नपाएकोमा थप चिन्तित बनेको बताएका छन् ।
‘सरकारले टेण्डर लगाएको काम रोकेर के गर्न खोजेको हो भन्ने कुरा हामीहरुले पनि बुझ्न सकेका छैनौ’ निर्माण व्यवसायी सघं गुल्मीका अध्यक्ष नारायण पोख्रेलले भने । ‘ठेक्का लगाएको काम वजेट छैन भनेर सरकारले रोक्न मिल्छकि मिल्दैन त्यो कुरा सम्बन्धित निकायले राम्ररी बुझ्नु पर्यो’– हाम्रा निर्माण सामग्रि र उपकरणहरु बाटोमा अलपत्र छन्, कसले निर्णय गर्नेहो? दायीत्व कस्ले लिने हो ?कार्यालयले नगर भन्ने सरकारले चाँडो निर्णय नगर्ने ! जसले जेगरे पनि हुने ?’ अध्यक्ष पोख्रेलको प्रश्न थियो ।
मदन भण्डारी लोकमार्ग योजना कार्यालय गुल्मीका ईन्जीनियर हिमाल काफ्ले पनि रणनीतिक र पर्यटकीय महत्वमा सडकहरुमा वजेटको सुनिश्चितता नभएको भन्दै विभागवाट परिपत्र गरेपछि आफुहरुले पनि निर्माण व्यवसायीहरुलाई हाललाई उक्त काम नगर्नु नगराउनु भनि परिपत्र गरेको बताए । ‘हामीलाई पनि प्रेसर परेको छ, व्यवसायीहरुले निर्णय चाँडो गर्नु पर्यो भन्नु हुन्छ, साईडमा जाँदा जनताहरुले पनि किन काम अलपत्र भयो भनेर गुनासो गर्नुहुन्छ, हामी पनि माथिको निर्णय पर्खेर बस्नुको विकल्प छैन’ ईन्जीनियर काफ्लेले भने ।
गुल्मीमा रणनीतिक र पर्यटकीय महत्वका सडकहरुको संख्या हाल २६ वटा रहेका छन् । सडक निर्माणका लागि यस आर्थिक वर्षमा उक्त २६ वटा सडकहरुमा सरकारको डेढ अर्व रुपैंयाको दायीत्व रहेको छ । यसरी सरकारको दायीत्व भएको सडकमा समयमा वजेट विनियोजन नहुँदा ती सडकहरु अलपत्र परेका हुन् ।
गुल्मीमा अलपत्र अवस्थामा परेका रणनीतिक महत्वका सडकहरुमा बर्तुङ तम्घास वामीटक्सार, तम्घास सन्धिखर्क, राक्से पौदिअमराई कल्यार रजस्थल फुलवारी, रातडाँडा मुसिकोट पौदिअमराई नेटा दर्लिङ्ग ह्वाङ्दी, तम्घास खाम्सेपानी नयागाउँ नादी, तम्घास रेसुंगा, तम्घास बाख्रेछेंडा भाडगाउँ ढोरपाटन लगायतका सडकहरु रहेको मदन भण्डारी लोकमार्ग योजना कार्यालय गुल्मीले जनाएको छ ।