काठमाडौँ, ०४ भदौ । चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ परेपछि देशभरका उनका समर्थकहरु आक्रोशित भईरहेका छन् । गत साउन २० गते चितवनको एक होटेलमा झुण्डिएको अवस्थामा फेला परेका शालिकराम पुडाशैनीले आफ्नो मोबाइलमा भिडियो संदेश रेकर्ड गर्दै आफ्नो मृत्युको जिम्मेवार रबि लामिछाने, अश्मिता कार्की र युवराज कंडेललाई भनेका थिए । सोही भिडियोको आधारमा र अन्य आधारमा प्रहरीले रबि लामिछाने लगायतलाई अनुसन्धानका लागि पक्राउ गरेका हुन् ।
यो पनि हेर्नुस्: हिरासतमा हाम्लाई हाल भन्दै रबि लामिछानेका समर्थकले गुल्मीमा गरे यस्तो प्रदर्शन (भिडियो)
तर रबि लामिछाने पक्राउ परेपछि उनका समर्थकहरु भने आक्रोशित बनेका छन । उनि निर्दोष रहेको बरु उनलाई फ़साईएको उनीहरुको भनाई रहेको छ । यहि विषयमा गुल्मीमा पनि आन्दोलन तथा बिरोध कार्यक्रम सम्पन्न भएको छ । रबी लामिछने जिन्दाबाद, न्याय मार्न पाईदैन, फितलो कानुन चाहिँदैन, साधन गलत हुन्छ साध्य हैन, हाम्रो रबी हाम्रो देश जस्ता नाराहरु बुधवार गुल्मीमा आयोजित रविको समर्थनमा निकालिएको र्यालीमा सुन्न पाईयो ।
हेरौँ फोटोहरु:




फोटोहरु: हरी कुमार श्रेष्ठ