गुल्मीको मुसिकोट नगरपालिका ८ वामी मैदानमा जीप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
८३५७ ग १ च नम्वरको ठाकुर सापकोटाको गाडी मैदान चौपारीबाट करिव १ सय ५० मिटर तल खसेको छ ।
यो पनि पढ्नुस्
गुल्मी जिप दुर्घटना अप्डेट: जुन गाडीमा भविश्य देखियो, त्यसैले ७० दिनमै लियो ज्यान
दुर्घटनामा परी गाडी मालिक मुसिकोट नगरपालिका ८ निवासी अन्दाजी ३० बर्षीय ठाकुर सापकोटा तथा सोही नगरपालिका ८ निवासी नै ५५ बर्षीय पुतली सिङ्ग ठकुरीको मृत्यु भएको छ । दुवै जनाको टाउकोमा चोट लागेको थियो ।
हेरौँ दुर्घटनास्थलबाट पत्रकार अनिश शर्मा गैरेले खिच्नुभएका ६ तस्बिरहरु:





