gulminews logo
शनिबार, २०८१ बैशाख ८

फोटोहरु: डोजर चल्यो भुवाचिदी बजारमा, गुल्मीका बाटोहरुमा यसरी धमाधम स्तरोन्नतीको काम भैराछ

सन्जु काउछा
जेठ २१ । गुल्मीका बिभिन्न सडकहरुमा यतिबेला सडक स्तोरन्नतीको कामले तिब्रता पाएको छ । रुद्राबेणी-वामीटक्सार सडक र चोरकाटे-शान्तिपुरमा नाली काट्ने, पर्खाल उठाउने, सडक चौडा पार्ने, ग्राभेलिङ गर्ने जस्ता कामहरु तिब्र गतीमा भईरहेका छन् ।

गुल्मीमा आर्थिक बर्ष ०७४/०७५ मा ६० किलोमिटर सडक कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको थियो । केही समय अघी तम्घास–सीमलटारी सडक आयोजना प्रमुख इन्जिनियर सुजन अधिकारीले यस आवको अन्त्यसम्म १५ किमि सडक पिच हुने अपेक्षा गरिएको बताएका थिए तर उनले अपेक्षा गरे बमोजिम यो आर्थिक बर्ष सकिनै लाग्दा सम्म पनी कालोपत्रे भने हुन सकेको छैन ।

रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्डको रुद्रवेणीदेखि चोरकाटेसम्मको २० किमि सडक पिच गर्न ठेक्का सम्झौता भइसकेको पनि अधिकारीले बताएका थिए । तर यतिबेला सम्म सो सडक खण्डमा नाली काट्ने काम बाहेक खासै धेरै काम हुन सकेको छैन । तल्लाफाँट-भुवाचिदी सडक खण्डमा ग्राभेल गर्ने र सडक चौडा गर्ने काम भने भर्खर सुरु गरिएको छ ।

सडक खोलेको ३६ वर्ष पूरा भइसक्दा पनि तीन जिल्लाको संगमस्थल रिडीदेखि वामीटक्सारसम्मको ४६ किमि सडक सहज बन्न सकेको छैन । ग्रामीण क्षेत्रको निकै ब्यस्त मानिने यस सडकको केही क्षेत्र कालोपत्रे भए पनि बाँकी सडक वर्षाको समयमा हिलाम्य र हिउँदको समयमा धुलाम्य हुने गरेको छ । वर्षाको समयमा हप्तौंसम्म सडक अवरुद्ध हुँदा अत्यावश्यक सामग्री अभाव हुने गरेको छ ।

बर्षभरी जसो कछुवाको गतिमा हुने बिकासका कामहरुले आर्थिक बर्षको अन्तिममा एकाएक रफ्तार लिनु

हेरौँ कसरी चल्दै छ गुल्मीका सडकहरुमा स्तरोन्नतीको काम:

चोरकाटे-शान्तिपुर सडकखण्ड अन्तर्गत चन्द्रकोट गाउँपालिकाको रुपाकोट एकलेपिपलमा उठाईएको पर्खाल । फोटो: दुर्गा थापा


मुसिकोट नपा अन्तर्गत भुवाचिदी बजारमा डोजर प्रयोग गरेर बाटो फराकिलो गरिँदै । फोटो: रबिलाल पौडेल


चोरकाटे-शान्तिपुर सडकखण्ड अन्तर्गत चन्द्रकोट गाउँपालिकाको रुपाकोट एकलेपिपलमा बाटो ग्राभेलिङ गर्दै । फोटो: दुर्गा थापा


मुसिकोट नपा अन्तर्गत भुवाचिदी बजारमा डोजर प्रयोग गरेर बाटो फराकिलो गरिँदै । फोटो: रबिलाल पौडेल


मुसिकोट नपा अन्तर्गत भुवाचिदी बजारमा डोजर प्रयोग गरेर बाटो फराकिलो गरिँदै । फोटो: रबिलाल पौडेल


मुसिकोट नपा अन्तर्गत भुवाचिदी बजारमा डोजर प्रयोग गरेर बाटो फराकिलो गरिँदै । फोटो: रबिलाल पौडेल


रुद्राबेणी-वामी सडकखण्ड अन्तर्गत तल्लाफाँट बजारमा ग्राभेल गरिँदै । फोटो: बिष्णु खरेल

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D