gulminews logo
बिहीबार, २०८० चैत्र १५

फोटोहरु: गुल्मीको तिजमा जे देखियो

अनिल खत्री
१६ भदौ, गुल्मी । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज पर्व गुल्मीमा पनि बिशेष कार्यक्रममका साथ मनाएका छन् । तिज पर्वको अबसरमा जिल्लाका भिन्नि स्थानमा तिजका बिशेष मेला तथा प्रतियोगिता समेत सम्पन्न भएका छन् ।

तीजको अवसरमा गीतका माध्यमबाट महिलाहरुले आफुले भोगेका सुख दुखका बेदनहरु पोख्ने गर्दछन् । पछिल्लो समयमा तीजमा उत्याउलो खालको सँस्कृति भित्रिन थालेको छ । महिलाहरुले तिजको दिन भर बिभिन्न चोक तथा खेल मैदानहरुमा भेला भएका तिजका गीतहरु गएका छन् । हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर ब्रत गरी आफ्नो कामना पूरा गरेको धार्मिक कथनअनुसार यो पर्व मनाइँदै आएको हो ।

पानी समेत नखाई ब्रत बस्नुपर्ने हुनाले अघिल्लो दिन बेलुकी नै विभिन्न परिकार तथा मिष्ठान्न तयार गरी व्रतालुहरुले दर खाने प्रचलन छ । महिलाहरु तिज सम्बन्धी गीत, गाएर आफ्नो मनभित्रको बह पोख्ने गर्दछन् ।
तिज पर्वको अबसरमा हुने मेलाहरुमा नयाँ पुस्ता भन्दा पनि पुरानै पुस्ताले गीत गाएको पाइन्छ । जिल्ला सदरमुकाम तम्घाससँगै बिभिन्न ठाउँमा महिलाहरु भेला भएर तिज सम्बन्धी गीत गाएर धुमधामका साथ कनाएका छन् ।

तिजको अबसरमा एक महिना अघिदेखि दर खाने, गरगहना एवम् फेसन प्रदर्शन गर्नेगर्नाले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान थालेको छ । तिज पर्वमा पहिलो जस्तै अहिलेका पुस्तामा बिभिन्न चोक, मौदानमा भेला भएर गीत गाउँने नाच्ने प्रचलन पनि हट्दै जान थालेको छ ।

पुराना पुस्ताले गाउदै आएको गीतहरु र संस्कृति प्रति नयाँ पुस्ताले चासो नदिँदा पनि महत्व घटदै जान थालेको छ । नयाँ नयाँ प्रबिधिको प्रयोगमा नयाँ पुस्ता भुल्ने र रमाउने गर्नाले पनि तिज पर्वको महत्वमा नयाँ पुस्ताको चासो देखिदैन् ।

पछिल्लो समयमा तिज आउनु भन्दा पहिले देखि नै दर खाने गीत गाउने गर्नाले पनि तिजको दिन कमै उपस्थिती देखिदै जान थालेको छ । नयाँ पुस्ताले सँस्कृति जोगाउनको लागी बिशेष महत्व दिनु जरुरी रहेको पुराना पुस्ताका महिलाहरुको भनाइ छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D