gulminews logo
आईतवार, २०८१ बैशाख २३

फेसबुकमा BFF आतंक: किन चल्यो एकाएक यो हल्ला, खास कुरा यस्तो छ

सन्जु काउछा
बुधवार एकाएक फेसबुकमा BFF आतंक शुरु भयो, जुन यतिबेला पनि फेसबुकमा भाईरल नै बनेको छ । हुने नहुने फेसबुक पेजहरुले मार्क जुकरर्बगले नयाँ आविष्कार गरेको भन्दै बुधवार देखी एकाएक फेसबुकको कमेण्ट बक्समा BFF लेख्न भनिरहेका छन् । उनिहरुको लजिक BFF टाइप गर्दा हरियो भयो भने फेसबुक अकाउन्ट सुरक्षित छ रे अनि भएन भने चाहिँ एकाउण्ट खतरामा छ तुरुन्त पासवर्ड चेन्ज गर्नुपर्ने रे । नत्र ह्याक हुन्छ रे । अचम्म । लेख्नेले त लेख्यो । यस्ता आसेपासे पेज त कती छन् कती । अधिकारिकता के हो कसैले नबुझी धमाधम ति पोस्टहरुमा BFF लेखिरहे । जानेबुझेका देखी कलाकार र सामाजिक छबी बनाएकाहरु समेत थुप्रैले धमाधम BFF लेखिरहेका छन् ।

आखिर कुरा के हो त?

मार्क जुकरवर्गले आफ्ना सबै घोषणा आफ्नो फेसबुकमार्फत् गर्ने गर्छन् । झन्डै ११ करोडले फलो गरेको उनको प्रोफाईलमा यस बारेमा केही जानकारी छैन । ठूलो भनी झ्याली पिटाईएको आविस्कार किन उनले पक्कै आफ्नो फेसबुबाट बताएनन्? शुरुमा अनुमान यहीँबाट हुनु पर्ने हो । अझै पनि हेर्नुस् उनको फेसबुक प्रोफाइल

खासमा यो नेपालीहरुमा मात्र हैन अन्य देशहरुमा पनि केही दिन देखी यस्तै हल्ला चलिरहेको छ । अङ्ग्रेजीबाट शुरु भएको यो हल्ला कुन चाँही फुर्सदिलो नेपाली फेसबुक पेजको एडमिनले नेपाली भाषामा अनुवाद गरिदिएछ अनि त के चाहियो र कपिपेस्ट पेजवालाहरुले क्षण भरमै भाईरल बनाईदिए । केही नयाँ देखेसी आँखा चिम्लेर झ्याप्प ट्राई मार्ने अनी रमाईलो लाग्यो भने शेयर गरिहाल्ने हामी जस्ता फेसबुक प्रयोगकर्ताहरु माझ ति पोस्ट आईपुगेसी त के चाहियो र ? के रैछ सुटुक्क ट्राई मारम न त भनेर कमेण्ट गर्‍यो, त्यही कमेण्टले गर्दा आफ्ना लगभग हजार जना साथीले तपाईंको त्यो हावा पोस्टमा गरिएको कमेण्ट देख्छन् अनी त हजार जनाले आफ्ना हजार-हजार जना साथीहरुले देख्ने गरी कमेण्ट गर्छन् । यसरी हजार साथीका हजार साथी अनी ति हजार साथीका पनि अन्य हजार साथीहरु हुंँदै क्षण भरमै करोडौँ माझ पुग्छन् यस्ता पोस्टहरु ।

तपाईँहरुले याद गर्नुभएको छ कि छैन, कमेन्टमा Congrats वा Congratulation अझ नेपालीमै बधाई टाइप गर्दा पनि कमेन्ट रातो कलरमा एनिमेशन सहित बोल्ड बनेर आउँछ । ठीक त्यसै गरी BFF टाइप गर्दा पनि चेन्ज हुने बनाइएको छ केही देशमा । BFF को अर्थ बेस्ट फ्रेन्ड फरेभर हो । एनिमेसनमा दुई हातले हाइ फाइभ गरेको देखिन्छ। तर यो सबै ठाउँमा भने देखिने भइसकेको छैन। यदि तपाईँले फेसबुक एपबाट BFF टाइप गर्नुभयो भने कलर चेन्ज र एनिमेसन देख्न सक्नुहुन्छ। डेस्कटपबाट भने नदेखिन पनि सक्छ ।
यिनलाई बिशेष कमेन्ट भनिन्छ ।

यस्ता बिशेष कमेण्टहरु अरु पनि थुप्रै छन्
Congratulations , Best wishes, Xoxo, बधाई लगायत यस्ता अन्य थुप्रै बिशेष कमेण्टहरु छन् जुन कमेण्ट बक्समा लेख्ना साथ रङ परिवर्तन हुँदै अनिमेशन सहित कमेन्ट पोस्ट हुन्छन् ।

BFF लेख्दा कलर चेन्ज भएन भने तपाईँको फेसबुकको पासवर्ड सुरक्षित नभएको भन्ने हैन । फेसबुकको सुरक्षासित यस्ता कमेण्टको कुनै पनि लिन्क छैन । यस्ता हावा पोस्टलाई शेयर गर्ने अनी कमेण्ट गरेर आफु बेवकुफ बन्ने अनी अरुलाई मुर्गा बनाउनु भन्दा पहिला सामाजिक सन्जालहरुमा भेटिने यस्ता पोस्टहरुको बैधानिकता बुझ्नु अत्यन्तै जरुरी छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D