Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
प्रदेश ५ मा सुरक्षित गर्भपतन गर्ने किशोरीहरुको संख्यामा वृद्धि - Gulminews

प्रदेश ५ मा सुरक्षित गर्भपतन गर्ने किशोरीहरुको संख्यामा वृद्धि

बुटवल, मंसिर ११ । प्रदेश ५मा सुरक्षित गर्भपतन गर्ने किशोरीहरुको संख्यामा वृद्धि भएको भएको छ । आर्थिक वर्ष २०७४/ ०७५ भन्दा गत आर्थिक वर्ष २०७५ ७६ मा सुरक्षित गर्भपतन गर्ने किशोरीहरुको संख्या झन्डै २६ प्रतिशतले बढेको पाइएको हो ।

प्रजनन् स्वास्थ्यका दृष्टिले संवेदनशील मानिने २० वर्षभन्दा कम उमेर समूहका किशोरीहरुमा गर्भरहनु प्रजनन् स्वास्थ्यका दृष्टिले उपयुक्त नहुने चिकित्सकहरुको भनाई छ ।गत आर्थिक वर्षमा ८० जना २० वर्षमूनीका किशोरीहरुले सुरक्षित रुपमा गर्भपतन गराएका थिए भने आर्थिक बर्ष २०७५/७६ मा त्यो संख्या बढेर १ सय १ पुगेको छ । प्रजनन् स्वास्थ्यमा आएको जनचेतनाका कारणले पनि सुरक्षित गर्भपत्तनको संख्या वृद्धि भएको तथ्याकले देखाएको छ।

सुरक्षित रुपमा गर्भपतन गर्नेको संख्याभन्दा ठूलो संख्यामा असुरक्षित र सामान्य मेडिकलहरुमा गर्भपतन गर्नेको संख्या रहेको छ । जुन मानवीय स्वास्थ्यका दृष्टिले उच्च जोखिममा पर्ने महिला तथा स्त्री रोग विशेषज्ञ डा. विवि राउत को भनाई छ। स्वभावैले असुरक्षित गर्भपतन गर्नु हुँदैन् । जहाँ पायो त्यहाँ गर्भपतन गराउनु जोखिम हुन्छ । जनचेतना अभिवृद्धिबाट गर्भपतनलाई सुरक्षित बनाउनु पर्छ ।

गर्भनिरोधक साधनहरुको प्रयोगमा वृद्धि गुर्नपर्छ,’ डा. राउत भन्छन, ‘त्यसो गरेमा बच्चा र आमा दुवैको स्वास्थ्यमा नकारात्मक असरबाट बचाउन सकिन्छ ।प्रजनन् क्षमताको हिसावले गम्भीर मानिएको २० वर्षभन्दा कम उमेरका किशोरीहरुले गर्ने गर्भपतनको अवस्थामा बृद्धि हुनु ठीक नहुने चिकित्सकहरुको भनाइ छ । यद्यपी सुरक्षित गर्भपतन गर्नेको संख्यामा वृद्धि हुनुलाई भने सकारात्मक रुपमा हेनुपर्ने सरोकारवालाहरु बताउँछन् ।

प्रदेशमा सानो उमेर समूहका किशोरीहरुसँगै असुरक्षित गर्वपात गर्नेहरुको संख्या पनि ठूलै रहेको छ । असुरक्षित रुपमा हुने गर्भपतन कुनै रेकर्डमा नआउने हुँदा समेत संख्या ठूलो हुन सक्ने आँकलन गरिन्छ ।

अपरिपक्व उमेर तथा असुरक्षित गर्भपतनले प्रजनन स्वास्थ्यमा ठूला–ठूला समस्या देखापर्ने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए । ‘गर्भपतनको अवस्था सकभर आउन दिनु हुँदैन् । अझ अपरिपक्व उमेरमै गर्भपतन गराउँदा पाठेघरमा गम्भीर समस्या उत्पन्न हुन्छ, त्यसले पनि सुरक्षित रुपमा आधिकारिक संस्थाबाट गर्वपतन गराउने गर्नुपर्छ,’ उनले भने ।

प्रदेशमा सुरक्षित गर्भपतन गर्नेहरुको संख्यामा भने कमी आएको छ । अघिल्लो आर्थिक वर्षमा २ हजार २ सय ५९ जनाले सुरक्षित गर्भपतन गराएकामा गत आर्थिक वर्षमा भने त्यो संख्या घटेर १ हजार २ सय ९६ भएको छ ।

सुरक्षित रुपमा गर्भपतन गर्नेको संख्या घटे पनि गर्भपात गर्नेको संख्या नघट्दा असुरक्षित गर्भपतनतर्फ नै महिलाहरु जाने गरेका त छैनन् भन्ने आशंका निम्ताएको मनोविश्लेषक मनहरि पाण्डे बताउँछन् ।पछिल्लो समयमा गर्भनिरोधका साधनहरुमा पनि मानिसहरुको पहुँच बढेकाले पनि गर्वपतनको संख्यामा कमी आएको हुन सक्ने उनको विश्लेषण छ । -हेल्थआवाजबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D