प्रथम गलकोट महोत्सवको पाँचौ दिनसम्म झण्डै ३५ लाख बरावरको कारोवार

कौरव खत्री
गुल्मी, १३ कार्तिक । बाग्लुङ्गको गलकोटमा सञ्चालन भएकोे प्रथम गलकोट महोत्सवमा आर्थिक कारोवार राम्रो हुँदै गएको छ ।

महोत्सवमा राखिएका विभिन्न स्टल तथा जाडोका न्यानो कपडा, झुला झुलापिङ्ग, बाल मनोरञ्जन, टिकट, होटल व्यवसाय लगायतबाट गरि पाँचौ दिनसम्म झण्डै ३५ लाख बरावरको कारोवार भएको बाग्लुङ्ग उद्योग वाणिज्य संघ, गलकोट इकाईका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा आर्गनिक खाना, लोक संस्कृति तथा खेलकुद हेलिकप्टरबाट गलकोट क्षेत्रको दृश्य अवलोकन, जल साहसिक खेल क्यानोइङ्ग लगायत महोत्सवका मूख्य आकर्षण रहेको उद्योग वाणिज्य संघ, गलकोट इकाईका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

महोत्सवको पाँचौ दिन पनि राष्ट्रिय कलाकार थानेश्वर गौतम, ज्योति मगर, हाँस्यकलाकार पुर्षोतम भण्डारी पुर्खेबा स्थानीय कलाकारहरु लगायतको समेत साँस्कृतिक प्रस्तुती रहेको थियो ।

प्रथम गलकोट महोत्सव १८ गतेसम्म सञ्चालन हुने छ भने महोत्सवले ओझेल परेका कला संस्कृतिको संरक्षण र प्रर्वद्धन गदै गलकोट क्षेत्रको कला संस्कृतिको संरक्षण,कृषि,पर्यटन,उद्योग तथा व्यापारको प्रवद्र्धन र वृद्धि विकासमा थप बल पु¥याउने इकाईका अध्यक्ष श्रेष्ठले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D