gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

प्रतिष्ठानको अधिबेशनमा गुल्मीबाट २४ प्रतिनिधी, ४ जना गुल्मेली कलाकारले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने

अनिल खत्री
५ मंसिर, गुल्मी । लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रिय अधिबेशनको लागि गुल्मीबाट २४ जना प्रतिनिधी पोखरमा जाने भएका छन् । यहि मंसिर ६,७,८ गते पोखरमा सम्पन्न हुने ७ औं केन्द्रिय महाधिबेशनको लागि २४ जना प्रतिनिधी पोखरा जाने भएको प्रतिष्ठान गुल्मीका निर्वतमान अध्यक्ष जनक पन्थले बताए ।

तिन दिनसम्म पोखरमा हुन लागेको महधिबेशनको लागि प्रतिनिधी सहितको टोली शुक्रवार गुल्मीबाट पोखरा जाने भएका हुन् । महाधिबेशनमा गुल्मेली ४ कलाकारलाई केन्द्रिय सदस्यमा निर्वाचित गर्न आह्वान समेत गरेका छन् ।

यस जिल्लाबाट केन्द्रिय स्तरमा चर्चामा रहेका प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष रामचन्द्र चन्द, संस्थापक सदस्य सिता राना, पूर्व सदस्य महेन्द्र गौतम र पुरुषोत्तम भण्डारी पूर्खे बालाई मत दिएर बिजयी बनाउनको निम्ति आह्वान समेत गरेका छन् । केन्द्रिउ सदस्यमा उम्मेदरवार बन्न लागे गुल्मेली ४ कलाकारलाई बिजयी बनाउनको निम्ति आह्वान पनि गरिएको निर्वतमान अध्यक्ष पन्थले बताए ।

यस जिल्लाको प्रतिभालाई कलाकारहरुको हक हितको निम्ति संस्थामा रहेका काम गर्ने अबसर प्रदान गर्नको निम्ति बिजयी बनाउन आह्वान गरिएको पन्थको भनाई छ । पोखरमा नेपाल भरका प्रतिष्ठानमा आबद्ध कलाकारहरुको जमघट हुँदैछ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D