gulminews logo
शनिबार, २०८१ बैशाख ८

पोर्चुगलमा एक नेपालीले छुरा प्रहार गर्दा अर्का नेपालीको मृत्यु, उनका भाई घाईते

लण्डन । पोर्चुगलमा एक नेपालीले छुरा प्रहार गर्दा अर्का नेपालीको मृत्यु भएको दुखद खबर छ । मंगलबार राती मध्यरातमा भएको घटनामा पर्वतको मल्लाज घर भएका अन्दाजी ४५ वर्षीय हरिबहादुर जिसीको मृत्यु भएको हो ।

छुरा प्रहार गर्ने व्यक्ति धादिंगको खहरे घर भएका अन्दाजी ३० वर्षीय अर्जुन सापकोटा रहेको स्थानीय नेपालीहरुले बताएका छन् । यस विषयमा आधिकारिक जानकारी आउन भने बांकी नै छ ।

hari bahadur GC
मृतक हरिबहादुर जिसी (तस्बिर : फेसबुक )

एनआरएन पोर्चुगलका निवर्तमान अध्यक्ष भिम कमल केसीले दिएको जानकारी अनुसार मध्य लिस्बोनको क्याम्पो पिकेनो भन्ने ठाउंमा मृतक हरिबहादुरका भाई ओमबाहदुरले एक रेष्टुरेन्टमा काम गर्थे । मंगलबार राती भाइको काम सकिने समय दाजु हरिबहादुर भाइलाई लिन गएका थिए । दाजुभाई घर फर्किरहेको समयमा एक्कासी भाईमाथि छुरा प्रहार भएपछि भाईलाई जोगाउन खोज्दा दाजु हरिबहादुरमाथि पनि छुरा प्रहार भएको थियो ।

पेटमा छुरा लागेका हरिबादुरको घटनास्थलमै मृत्यु भएको थियो भने टाउकोमा चोट लागेका भाई घाइते भएका थिए । घाइते भाई स्थानीय अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् ।

घटनामा संलग्न भनिएका सापकोटाले मृतक हरिबाहदुरका भाई ओमबहादुरसंगै काम गर्ने गरेको र केहि दिनअघि मात्रै काम छोडेर गएको बताइएको छ । संगै काम गर्ने क्रममा भएको सामान्य विवादको कारण केहि दिनपछि फर्किएर उनले ओमबादुरलाई छुरा प्रहार गरेको स्थानीयले बताएका छन् । भाईमाथि आक्रमण भएपछि जोगाउन भन्दै अघि सरेका हरिबादुरलाई पनि छुरा हानेपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक हरिबादुर श्रीमति र छोरीसंगै पोर्चुगलमा बस्दै आएका थिए । घटनापछि पोर्चुगलबासी नेपाली शोकमा डुबेका छन् । -नेपालीपत्रबाट

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D