gulminews logo
मंगलवार, २०८० चैत्र ६

पहिरोले बडिगाडमा ५ परिवार विस्थापित: मध्यपहाडी लोकमार्ग अवरुद्ध, छुटेका सवारी बिचबाटोबाटै फिर्ता

बागलुङ, असौज ०५ । बडिगाड गाउँपालिका वडा नम्बर २ राक्सेमा सडक माथिदेखि पहिरो खस्दा मध्यपहाडी पुष्पालाल लोकमार्ग अवरुद्ध भएको छ ।

निरन्तर वर्षाले गर्दा जिमी भन्ने स्थानबाट खसेको पहिरोले खर्वाङ्गदेखि न्वारासम्मको सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएकाे बडिगाड गाउँपालिका–२ का वडाध्यक्ष ढालप्रसाद सेरचनले जानकारी दिए । सोमबार साँझ खसेको पहिरोले स्थानीय विरबहादुर घर्ती, धनबहादुर थापा, दुर्गा अर्याल, जितबहादुर विक र गोविन्द अघिकारीको घरमा क्षति गरेको उहाँकाे भनाइ छ ।

तस्बिर : कमल पौडेलको फेसबुकबाट

पहिराले घरको पाली, गारो तथा छानोको भाग भत्काए पछि पाँच परिवार विस्थापित भएका छन् । उनीहरु आफन्तको घरमा बसेको वडाध्यक्ष सेरचनले बताउनुभयो । लोकमार्ग अवरुद्ध भए पछि बुटवल, पोखरा, बागलुङ बजार हुँदै ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको लागि छुटेका सवारी बिचबाटोबाटै फिर्ता भएका छन् ।

पहिरो मंगलबार विहान गाउँपालिकाको डोजर प्रयोग गरेर पन्छाउने बताइएको छ । सोमबार राती परेको र पहिरो जाने क्रम नरोकिएको हुँदा यथास्थितिमा छोडिएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D