Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
पहिरोले पुरेर बाग्लुङ्गमा दुई जना र प्युठानमा एक बेपत्ता - Gulminews

पहिरोले पुरेर बाग्लुङ्गमा दुई जना र प्युठानमा एक बेपत्ता

प्रेम सुनार
बुटवल ३० । गएरातीको अविरल वर्षा संगै गएको पहिरोले बाग्लुङ्गमा दुई जना र प्युठानमा एक जना बेपत्ता भएका छन । बाग्लुङ्गको निसीखोला गाउँपालिका वडा नम्वर– ३ धुर्सौलामा मानबहादुर शाहीको घर पुरिदा घरमा रहेका उनकी श्रीमती धन (दिल) कुमारी शाही र बुहारी डल्ली शाही वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले जानकारी दिए । अहिले उद्धार कार्य भई रहेको उद्धारकार्य भैरहेको प्रजिअ खरेलले जानकारी दिए ।

यता प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङको ठाडो खोल्सा तथा बतासे खोलामा गएराति भलबाढी आउँदा बुर्तिबाङ बजारको सिमसार टोलका स्थानीय प्रभावित बनेका छन् ।

हिजो साँझबाट परेको अविरल बर्षासंगै राती करिव ११ बजेको समयमा बतासे खोलामा बाढी आउन सुरु गरेपछि सिमसार टोलका बासिन्दा प्रभावित भएका हुन् ।

बाढीले कुनै मानवीय क्षती भने गरेको छैन । यद्यपी बाढीले धनमाल बगाउँदा लाखौंको क्षति भएको प्रहरीले जनाएको छ ।

यसअघि पनि गत साउन १ गते राती आएको बाढीका कारण उक्त टोलका ४४ घरपरिवार प्रभावित भएका थिए । जस मध्य ६ घरपरिवार पुर्णरुपमा विस्थापित हुनुपरेको थियो । गएराती परेको मुसलधारे पानीले मध्यपहाडी लोकमार्गको बुर्तिवाङदेखि निसी बोहोरागाउ, भल्कोट हुँदै रुकुम खण्ड पनि अवरुद्ध बनेको छ । सो सडकमा साना ठुला कुनैपनि सवारी साधन चलेका छैनन् । खर्वाङ्ग स्थित पत्रकार कमल पौड्यालका अनुसार गएरती देखि अहिले सम्म बढिघाट खोलामा पानीको वहाव यस वर्ष कै सवै भन्दा ठुलो भई रहेको छ ।

त्यस्तै अविरल वर्षापछि आएको पहिरोमा पुरिएर प्यूठानमा पनि एकजना वेपत्ता भएका छन् । गौमुखी गाउँपालिका ४ डाँजगाउँका झलक बहादुर सुनार वेपत्ता भएका हुन् ।

आज विहान करिब ७ वजे घर माथिबाट खसेको पहिरोमा पुरिएर उनी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डिएसी राजेन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार पहिरोले सोहि स्थानका देब बहादुर सुनार र रमेश सुनारको समेत घरगोठ समेत बगाएर उनिहरु विस्थापित भएका छन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D