पहिरोले घर पुरिँदा ८ को मृत्‍यु, १ बेपत्ता

प्रेम सुनार
बुटवल । जाजरकोटको सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिराले घर पुरिँदा ८ जनाको मृत्यु भएको छ । एक जना अझै बेपत्ता छन् । जारजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले दिएको जानकारी अनुसार मृत्यु हुनेमा लुहारकी श्रीमती २५ वर्षीया शीतली, उउनकी १० वर्षिया छोरी भावना, ७ बर्षिया मनिषा, ३ वर्षिया भगवती रहेका छन ।

उनिहरु सबै भेरी–३ खलंगा ठाँटीस्थित तीर्थराज बोहराका घरमा भाडामा बस्दै आएका थिए ।घाइते खड्गबहादुर लुहारको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको छाती, टाउको र खुट्टामा चोट लागेका जनाइएको छ । त्यस्तै, घरमूली तीर्थराज बोहराकी सातवर्षीया छोरी नग्माको पनि मृत्यु भएको छ । उनीहरुको शव पहिराले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको हो ।

सोही ठाउँमा गोपाल सुनारको घर पहिराले पुर्दा कुशे –६ ढिमेका कृष्ण परियारका ११ वर्षिय छोरा नविन परियार र प्रेम परियारका १३ वर्षिय छोरा नरेन्द्र परियार तथा नलगाड–१ डाँडागाउँका आठवर्षीय गोविन्द परियार र १० वर्षीय दर्शक परियार छन् । आज विहान त्यसको केहि वेर अघि मात्र उनि त्यस घरमा खेल्न गएका थिए ।

प्र.ज.अ. बस्नेतका अनुसार दर्शक परियार र अहिले सम्म बेपत्ता उनका भाईका बाबु आमा कोही नभए पछि दिदी माया परियारले हुर्काउँदै आएकी थिईन । अव एक जनाको मात्रै खोजी हुन बाँकी रहेको क्षतिको विवरण पुरै आई नसकेको बस्नेतले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D