gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

न मन थामियो न त घरबारी नै, आँसु पुछ्दै उद्धारमा जनप्रतिनिधी र युवा….

टोपलाल अर्याल
गुल्मी, १५ साउन । वडा सदस्य अर्जुन तरामु । पत्रकारसंगको कुराकानीमा निकै रोए । उनी पनि पहिरो पीडित हुन् । अरु चार सय घरपरिवारलाई जस्तै पहिरोले उनलाई पनि उठिवास लगायो । परिवारनै धर्मपुर माविको शिविरमा छन् । उनलाई आफ्नो परिवारले खाना खाए वा भोकै छन् मतलब छैन् । सुत्ने र खानेको कुनै समय छैन् ।

यो पनि पढ्नुस्: ८ महिने गर्भवती श्रीमती र काखे छोरो लिएर मुसलधारे पानीमा रातको ३ बजे घर छोडेँ……

जनप्रतिनिधी भएकालेनै आँसु पुछेर अरुकै व्यावस्थापनमा कस्सिएका छन् । वडा अध्यक्ष रुक बहादुर राना पनि आँसुकै धारामा गाउँ डुलेका छन् । बोल्न खोज्दैनन, बोले आँखामा आँसु रोकिदैन् । उनीहरुसंगै लुम्पेकी नागरिकको पहिरोले घरबारी त थामिएननै । अहिले मन पनि थामिन सकेको छैन् । पहिरोमा परेर मर्ने मरिसके । बिचल्ली बाँच्नेको भएको छ । ‘गाउँको व्यथा पोखेर साध्य छैन् जनप्रतिनिधीले पहिले अरुको पीडा बुझनु प¥यो,’वडा सदस्य तरामुले भने, ‘मन थामेर गाउँ डुलेका छौ ।’

त्यस्तै उद्धारमै खटिएका युवा प्रकाश विकले आधा जीवन बिताएको ओत र सम्पतीले मन थाम्न नसकिने बताए । ‘लैनो भैसी गोठमा छोडेका छौ, अन्य चौपया व्याबरिसे छन्, घर गए मरिन्छ‘, उनले भने,’रोएरै पीडा बगेको छ ।’

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D